नेपाल सम्वत् ११४५, कौलागा १, प्रतिपक्ष (२२ असोज, २०८२, ०८ अक्टोबर, २०२५) बुधबार, बाँपिझ्याला । अयान मुखर्जीको निर्देशनमा बनेको जासुसी फिल्म 'वार २' हलमा रिलिज हुँदा यसलाई लिएर ठूलो अपेक्षा राखिएको थियो। तर, ऋतिक रोशन, जुनियर एनटीआर र कियारा आडवाणी अभिनीत यस फिल्मले दर्शकहरूको अपेक्षा पूरा गर्न सकेन।
अब भने यो फिल्म ओटिटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज हुने भएको छ। नेटफ्लिक्सले बुधबार घोषणा गरेअनुसार 'वार २' अक्टोबर ९ (बिहीबार) प्लेटफर्ममा रिलिज हुन लागेको हो। नेटफ्लिक्समा यो हिन्दी, तेलुगु र तमिल भाषाहरूमा स्ट्रिमिङ हुनेछ।
एक्सन फिल्म 'वार २' सिद्धार्थ आनन्दको सन् २०१९ को फिल्म 'वार' को सिक्वेल हो। रजनीकान्तको फिल्म 'कुली' सँग एकसाथ अगस्ट १४ मा रिलिज 'वार २' ले विश्वभर बक्स अफिसमा ३६४.२५ करोड भारू कमाइ गरेको थियो, जुन 'वार' को ४७१ करोड भारूको लाइफटाइम संकलन भन्दा कम थियो।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij