नेपाल सम्वत् ११४५, कौलागा, १ प्रतिपक्ष, (२२ असोज, २०८२, ०८ अक्टोबर, २०२५) बाँपिझ्याला । जोरपाटी अत्तरखेल स्थित नेपाल मेडिकल कलेजले विभिन्न विषयका चिकित्सक तथा स्टाफ नर्स माग गरेको छ । कलेजले एक सूचना प्रकाशित गरी प्राध्यापक, सहप्राध्यापक, सहायक प्राध्यापक, लेक्चर तथा स्टाफ नर्स माग गरेको हो ।
कलेजको स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउन थप जनशक्तिहरु माग गरिएको हो । सूचना अनुुसार कलेजले एनाटोमी, फार्माकोलोजी, फिजियोलोजी, बायोकेमेष्ट्री, पेडियाट्रिक नर्सिङ, कम्युनिटी हेल्थ नर्सिङ र स्टाफ नर्स माग गरिएको छ ।
दक्ष तथा अनुभवी स्वास्थ्यकर्मीहरुले इमेल मार्फत आफ्नो ब्यक्तिगत विवरणहरु पठाएपछि अन्तरवार्ताका लागि बोलाइने कलेज प्रशासनले जनाएको छ । स्टाफ नर्सको हकमा नेपाल नर्सिङ परिषदमा दर्ता भएका बी.एस्सी. नर्सिङ र पी.सी.एल. नर्सिङ अनुभव भएका (विशेष गरी मिडवाइफरी र आईसीयू तालिम प्राप्त) उम्मेदवारलाई प्राथमिकता दिइने बताइएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij