Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

भीम माध्यमिक विद्यालयका सबै विद्यार्थी एसईई पुरक परिक्षामा सतप्रतिशत सफल

भीम माध्यमिक विद्यालयका सबै विद्यार्थी एसईई पुरक परिक्षामा सतप्रतिशत सफल

नेपाल सम्वत् ११४५, कौलाथ्वः ६ षष्ठी, (१२ असोज, २०८२, २८ सेप्टेम्वर, २०२५) आईतबार, बाँपिझ्याला, दोलखा । भीमेश्वर नगरपालिका–२ स्थित भिम माध्यमिक विद्यालयका सबै विद्यार्थी यस वर्षको माध्यमिक शिक्षा एसईई पुरक परिक्षामा उर्तिण हुन सफल भएका छन् ।

यसअघि विद्यालयका ५३ जना विद्यार्थीले एसईईको रेगुलर परिक्षामा सहभागिता भएका थिए । तीमध्ये ३८ जना असफल भई १५ जना मात्र उतीर्ण भएका थिए । तर अहिले मौका परिक्षा अर्थात पुरक परीक्षामा सहभागी भएका ३५ जना सबै विद्यार्थीले सफलता हासिल गर्दै विद्यालयको समग्र नतिजा अग्रपंक्तीमा राख्न सफल भएका छन् ।

विद्यालयका शिक्षक–शिक्षिकाहरुका अनुसार निरन्तर अभ्यास, अतिरिक्त कक्षा र विद्यार्थीहरुको मेहनतका कारण पुरक परीक्षामा शतप्रतिशत नतिजा ल्याएन सफल भएको हो ।

दोलखाका स्थानीय अभिभावकहरुले विद्यालयको यो उपलब्धिलाई स्वागत गर्दै अझै गुणस्तरीय शिक्षा र नियमित पठनपाठनमा ध्यान दिनुपर्नेमा जोड दिनु पर्नेमा आशावादी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार