Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

प्राचिन शहर दोलखामा भोली फुलपाती भव्य रुपले मनाउने तयारी

प्राचिन शहर दोलखामा भोली फुलपाती भव्य रुपले मनाउने तयारी

नेपाल सम्वत् ११४५, कौलाथ्वः ६ षष्ठी, (१२ असोज, २०८२, २८ सेप्टेम्वर, २०२५) आईतबार, बाँपिझ्याला, दोलखा ।  घटस्थापनाको सातौ दिन अथवा सप्तमीको दिन प्राचिन शहर दोलखाका नेवार समुदायहरुले धुमधामका साथ फुलपाती चाड मनाउँने गर्दछन् । 

गत बर्षहरुमा फुलपातीको बडाई बेलुका मनाउने चलन रहेकोमा यसपाली देखि पञ्चाङ्ग समितीले तोकिएको समयमा गर्ने भएको छ । यसरी पञ्चाङ्ग समितीको निर्णय अनुसार भोली विहानको ७ः१७ बजे फुलपातीको शुभसाईत भएको दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितीका सचिव युवा समाजसेवी राजेन्द्रनारायण श्रेष्ठले बताउनु भयो ।

यसै गरी गतबर्षको फुलपातीमा मनाउँनेभन्दा यसपाली भोली मनाउँने फुलपातीको लागि विशेष तयारी रहेको समेत सचिव श्रेष्ठले बताउनु भयो । यसरी तोकिएको समय र घडी भित्र हुन गईरहेको फुलपातीको बडाईमा विहान ७ बजे राजकुलेश्वर तलेजु भगवानको परिसरमा स्थानिय दोलखावासी तथा भक्तजन नेपालीहरुलाई विशेष आमन्त्रण गरिएको छ ।

फुलपातीको शुभ साइतमा राजकुलेश्वर तलेजु मन्दिरबाट शुरु भई भीमेश्वर मन्दिरमा गई पूजाआजा सम्पन्न गरिसकेपछी पुनः राजकुलेश्वर तलेजु मन्दिरमा फुलपाती भि¥याउने चलन रही आएको छ । यसरी फूलपाती भित्र्याउन राजकुलेश्वर तलेजु मन्दिरबाट भीमेश्वर मन्दिरमा पुरोहित ब्राह्मण, गुठीयार, थाकती, नकिन बाजागाजा सहित आवस्यक पर्ने पूजा सामाग्रीहरू लिएर फूलपाती लिन आउँछन् ।

यसरी भीमेश्वर मन्दिरमा गुठी पालो पर्ने गुठीयारहरुले तयार गरी राखेको फूल–लावा, धानको वाला, अदुवाको बोट, बेलपत्र, चापँको बोट र जामुन सहित ९ प्रजातीको फुलहरु राखिएको डोलीलाई बोक्न चार गुठीयारका खलक मध्ये अगाडी तिर डोली बोक्न त्यस वर्षको भीमेश्वरको गुठी पालो पर्ने गुठीयार खलक, पछाडी बोक्ने आगामी वर्ष पालो पर्ने गुठीयार खलक, अगाडी केराको बोट बोक्ने तेस्रो वर्ष पालो पर्ने गुठीयार खलक, पछाडी केराको बोट बोक्ने चौथो वर्ष पालो पर्ने गुठीयार खलकहरू मध्ये एक÷एक जना हुन्छन् ।

ती समुहले फूलपाती बोकेर भीमेश्वर मन्दिर परिक्रमा गरेर दाफा भजन कृतन, वाजा गाजा, नगरा बजाई नकिन थाकली गुठीयार, माहाने, थरी गुठीयारको लावालस्करले तलेजु भवनी÷राजकुलेश्वर मन्दिर गएर फूलपाती विधिवत रुपमा भित्र्याइने चलन रहेको छ । यसपालीको फुलपाती पर्व चलाउने पालो गुठीयार भीमेश्वर गुठी व्यवस्थापन समितीका अध्यक्ष भरतबहादुर श्रेष्ठको पालो रहेको छ ।

यसै गरी टोल टोलमा चाड मनाउन आ–आफ्नो घरमा दशैँ अवधि सम्म पुग्ने गरी मासु भित्र्याइन्छ चलन रहेको छ । यसरी मासु भित्र्याउँदा पहिला पहिला मुल ढोका अगाडी विधिवत पूजा गरेर भित्र्याइन्थ्यो । तर आजभोली यो चलन हराइ सकेको छ । त्यस पछि नेवारी समाजका प्रन्येक घर–घरमा मासुका अनेक परिकारहरू बनाइ सबै परिवार जम्मा भएर रमाइलोका साथ भोज खाने परम्परा रही आएको छ । गत बर्षसम्म घर घरमा मासु ल्याई पकाई उकाई खाईसकेपछी फुलपातीको जात्रा शुरु गर्ने चलन रहेकोमा भोलीदेखि उक्त चलन हट्ने भएको छ । 

यसै गरी गतबर्षहरुमा भन्दा यसबर्षदेखि दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितीले खर्च व्यहोर्ने भएकोले पालो पर्ने गुठीयारलाई केही सहज भएको छ । 

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार