नेपाल सम्वत् ११४५, कौलाथ्वः ५ पञ्चमी, (११ असोज, २०८२, २७ सेप्टेम्वर, २०२५) शनिवार, बाँपिझ्याला । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आइतबार (असोज १२ गते) सम्म शिक्षकहरूलाई तलब नदिने विद्यालयका प्रधानाध्यापकलाई कारबाही गर्ने चेतावनी दिएका छन्।
मन्त्री पुनले शनिबार बिहान सामाजिक सञ्जालमा लेख्दै दसैँ-तिहारका बेला तलब निकासा नभएको भन्दै शिक्षकहरूबाट व्यापक गुनासो आइरहेकाले आइतबारसम्म उपलब्ध गराउन निर्देशन दिएका हुन्।
शिक्षा मन्त्रालयबाट तलब पहिले नै विद्यालयहरूमा पठासकेको जानकारी दिँदै आइतबारसम्म शिक्षकहरूलाई पारिश्रमिक उपलब्ध नगराए सम्बन्धित प्रधानाध्यापकलाई नियमानुसार कारबाही गरिने मन्त्री पुनले बताएका छन्।
उनले भनेका छन्, ‘तलब नख्वाउने प्रअहरूलाई सूचना- दसैँ-तिहारको अवसरमा विद्यालय व्यवस्थापन समितिले र प्रधानाध्यापकले तलब निकासा गरिदिएन भनेर धेरै गुनासो आएको छ।
शिक्षा मन्त्रालयबाट तलब पहिले नै विद्यालयहरूमा पठाइसकेको छ। भोलि सम्ममा कुनै नाजायज र अन्यायपूर्ण तरिकाले तलब नपाएको शिक्षकहरूको तलब निकास नगरेमा त्यस्ता विद्यालयका प्रधानाध्यापकलाई नियमानुसार कारबाही गरिनेछ।’
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij