Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

फुलपातीसम्म पठन पाठन गराउने निर्णय : तामाकोशीको उदाहरणबाट अन्य पालिकाले किन नसिक्ने?

फुलपातीसम्म पठन पाठन गराउने निर्णय : तामाकोशीको उदाहरणबाट अन्य पालिकाले किन नसिक्ने?

नेपाल सम्वत् ११४५, यंलागा, १५, आमसी, (५ असोज, २०८२, २१ सेप्टेम्वर, २०२५) आईतबार, बाँपिझ्याला, दोलखा । शिक्षक आन्दोलन र हालको जेन जी आन्दोलनका कारण प्रभावित विद्यार्थीहरूको शैक्षिक क्षतिलाई पूर्ति गर्न तामाकोशी गाउँपालीभित्रका स्कुलमा फुलपातीको अघिल्लो दिन सम्म पढाई हुने भएको छ । 

गाउँपालीका भित्रका स्कुलका प्रधानध्यापकहरुसंग बसेको बैठकमा भएका सहमती अनुसार फुलपातीको अघिल्लो दिन असोज १२ गतेसम्म स्कुल संचालनको लागि पत्राचार गरिएको हो । पालीकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन दर्जिले फुलपतीको अघिल्लो दिन १२ गतेसम्म विद्यालयमा पढाई गर्ने भन्ने निर्णय भए बमोजि पत्राचार गरिएको बताउनु भयो ।

यो निर्णयले विद्यार्थीको भोलि र भविष्यप्रति गम्भीर ध्यान दिने पालिका नेतृत्वको जिम्मेवारीपूर्ण दृष्टिकोण प्रष्ट रहेको स्थानिय वासिन्दाहरुको भनाई रहेको छ । अरुको वेतिथि र विसंगति सहन नसकेर धिकार्नेहरु आफैले लिएको जिम्मेवारी पूरा गर्न भने थाहा नपाए झै छन् चुपचाप छन् । आफुले मौका पाए सम्म फाइदा लिएर अरुले चाल नपाएसम्म चुप लाग्ने तर विद्यार्थी भविष्य जस्तो गम्भीर विषयमा जिम्मेवारी नलिने प्रवृत्ति देखिनु दुःखद रहेको छ । 

तर प्रश्न उठ्छ—यस्तो राम्रो अभ्यास अन्य पालिकाले किन अनुकरण गर्न सकेन ? कर्तव्य बिर्सेर अरुलाई मात्रै ‘सच्चिनुपर्छ’ भन्नु लाजमर्दो कुरा हो भन्ने सन्देश तामाकोशी गाउँपालिकाले दिएको छ । अहिले यो पहलले विद्यार्थी र अभिभावक दुवैमा आशा र विश्वास जगाएको एक स्थानिय अभिभावकले बताउनु भयो । 

Tamakoshi.jpg
undefined

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार