नेपाल सम्वत् ११४५, यंलागा, १५, आमसी, (५ असोज, २०८२, २१ सेप्टेम्वर, २०२५) आईतबार, बाँपिझ्याला । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यही असोज ५ गते (आइतबार) लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले शास्त्रीय मान्यता अनुसार यसको कुनै सुतक नलाग्ने जनाएको छ ।
आश्विन कृष्ण औँसीका दिन आइतबार सूर्यग्रहण लाग्ने भएकाले सोह्र श्राद्ध गर्ने कि नगर्ने ? सुतक कति बजेदेखि लाग्छ ? लगायत प्रश्न धेरै वैदिक सनातन हिन्दू धर्मावलम्बीले गरेकाले नेपालबाट नदेखिने ग्रहण बार्नु नपर्ने र यसको कुनै दोष पनि नलाग्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए । नेपाली आकाशमा नदेखिने ग्रहण नेपालीले बार्नु नपर्ने शास्त्रीय वचन रहेको उनले बताए ।
आश्विन कृष्ण औँसीका दिन आइतबार लाग्ने सूर्यग्रहण न्यूजिल्याण्ड, अष्ट्रेलिया, फिजी, टोङ्गा, अन्टार्टिकालगायत देशबाट मात्र देखिने जनाइएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij