नेपाल सम्वत् ११४५ यंलागा १४ (४ असोज, २०८२, २० सेप्टेम्वर, २०२५) शनिवार, बाँपिझ्याला । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ ।
असोज ६ गते सोमबार बिहान ९:१३ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा.शम्भु प्रसाद ढकालले जानकारी दिए । त्यस्तै असोज १६ गते बिहीबार ११:५३ बजे दसैँकाे टिकाको शुभसाइत रहेको छ ।
वि.सं. २०८२ सालको विजयादशमीका शुभसाइतहरू
१. वि सं. २०८२ साल असोज ६ गते सोमबार– नवरात्रारम्भ, घटस्थापना बिहान ९:१३ बजे
२. वि.सं. २०८२ साल असोज ७ गते मङ्गलबार– झण्डा फेर्ने, बिहान ९:५३ बजे (पूर्व मोहडा)
३. वि.सं. २०८२ साल असोज ११ गते शनिवार श्रीपचलीभैरव यात्रा ।
४. वि.सं. २०८२ साल असोज १३ गते सोमबार– फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७:१७ बजे
५. वि.सं. २०८२ साल असोज १४ गते मङ्गलवार महाष्टमी, कालरात्रि
६. वि.सं. २०८२ साल असोज १५ गते बुधवार– महानवमी स्थिरासन बिहान ९:२३ बजे
७. वि.सं. २०८२ साल असोज १६ गते बिहीवार– विजया दशमी, देवी विसर्जन, बिहान ९:२३ बजे
टीका बिहान ११:५३ बजे (पूर्व मोहडा) (टीका लगाइमाग्ने पूर्व फर्किने)
श्री तुलजाभवानी यात्रा, दिवा १२:१९ बजे स्थिरासन दिवा १।१७ बजे, खड्गयात्रा ।
८. वि.सं. २०८२ साल असोज २० गते सोमबार– अखिलबलिपूर्ति ।
वि.सं. २०८२ साल असोज २० गते सोमवार कोजाग्रतव्रत, पूर्णिमाव्रत ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij