Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

प्राचिन शहर दोलखामा बडा दशै २०८२ को कार्यतालिका सार्वजनिक

प्राचिन शहर दोलखामा बडा दशै २०८२ को कार्यतालिका सार्वजनिक

नेपाल सम्वत् ११४५, यंलागा, एकादशी (१ असोज, २०८२, १७ सेप्टेम्वर, २०२५) बुधबार, बाँपिझ्याला । दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितीले आज बडा दशै २०८२ को कार्यतालिका सार्वजनिक गरिएको छ । 

उक्त कार्यतालिकामा घटस्थापनादेखि चर्तुदशीसम्म १३ दिनको बिधी बिधानहरु सार्वजनिक गरिएको हो । जुन तालिकामा सार्वजनिक गरिए अनुसार जिम्मेवारी भीमेश्वर गुठी व्यवस्थापन समिती, ब्राम्हण, थरी, शिवभक्ती, कसाई, कुसुले सवैको आ–आफुले गर्नु पर्ने दायित्व र जिम्मेवारी समेत तोकिएको छ भनी व्यवस्थापन समितीका सचिव राजेन्द्रनारायण श्रेष्ठले बताउनु भयो । 

यसरी एक हप्ता अगाडी नै दोलखा दोलखा शहर भित्र बडा दशैमा सम्पन्न गर्ने पूजा अर्चना लगायतका बिधिहरुको जानकारी दिनुका साथै भीमेश्वर भगवान दर्शनको लागि दोलखा आउनु हुने भक्तजन नेपाली दाजुभाई, दिदीबहीनीहरुको सजिलोको लागि समेत मध्यनजर गरी यो सार्वजनिक सूचना जारी गरिएको हो भनी सचिव श्रेष्ठको बताउनु भयो । जय दोलखा भीमेश्वर ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार