नेपाल सम्वत् ११४५, यंलागा, सप्तमी (२९ भाद्र, २०८२, १४ सेप्टेम्वर, २०२५) आईतबार, बाँपिझ्याला । भ्रष्टाचार निवारण, सुशासनको प्रत्याभूति, सामाजिक सञ्जालको निर्वाध सञ्चालन लगायतका माग सहित ‘जेन जी’ पुस्ताद्वारा राजधानी लगायतका अन्य प्रमुख शहरहरुमा गरिएको प्रदर्शनमा प्रहरी दमन हुँदा ठूलो मानवीय क्षति भएको प्रति नेपाल निर्माण महासंघले गहिरो दुःख व्यक्त गरेको छ ।
महासंघका महासचिव रोशन दाहालले आइतवार विज्ञप्ति जारी गर्दै मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली सहित मृतआत्माको चिर शान्तिको कामना र शोकाकूल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । साथै महासंघले देशव्यापी प्रदर्शनमा घाइते भएका समस्त प्रदर्शनकारी, सुरक्षाकर्मीहरु र सर्वसाधारणको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
‘आन्दोलनका क्रममा जेन्जी पुस्ताको माग विपरित सार्वजनिक तथा निजी सम्पत्ति सहित ऐतिहासिक धरोहरहरूमा भएको व्यापक आक्रमण, आगजनी, तोडफोड तथा लुटपाटका घटनाबाट महासंघ अत्यन्त दुःखित एवं मर्माहत भएको छ’ महासंघको विज्ञप्तिमा उल्लेख छ ।
निजी क्षेत्रको मनोबल गिर्ने गरी जो कोहीबाट भएको त्यस्ता ध्वंसात्मक गतिविधिको महासंघले कडा शब्दमा भत्र्सना एवं निन्दा गरेको छ । राष्ट्रिय अर्थतन्त्रमा दिर्घकालीन रुपमा गम्भीर असर पर्ने गरी भएका त्यस्ता हिंसात्मक गतिविधिहरूले नेपालको पूर्वाधार लगायतका क्षेत्रमा लगानी गरेका स्वदेश तथा विदेशका तमाम उद्योगी व्यवसायीहरू सहितको समग्र निजी क्षेत्र त्रसित रहेको महासंघको निचोड छ ।
ती आक्रमण, आगजनी, तोडफोड तथा लुटपाटमा संलग्नलाई तत्काल कानून अनुसार कार्र्वाही गर्न जोडदार माग गर्दै महासंघले आन्दोलनका क्रममा निर्माणधीन संरचनाहरूमा भएको क्षतिको सम्बन्धित निर्माण कम्पनीलाई सम्झौता बमोजिम राहत तथा सुविधा दिन आग्रह गरेको छ । साथै अहिलेको विषम परिस्थितिमा निजी क्षेत्रलाई सुरक्षित वातावरणमा व्यवसाय सञ्चालन गर्नु दिनु राज्यको पहिलो दायित्व भएकाले त्यसतर्फ अविलम्ब पहलकदमी लिन महासंघले अपील गरेको छ ।
मुलुकमा हाल अन्तरिम सरकार गठन भइसकेको अवस्थामा जेनजी पुस्ताको चाहना अनुरुप देशमा सुशासन कायम गर्न र भ्रष्टाचार अन्त्यका लागि तत्काल आवश्यक पहल गर्न महासंघले सरकारको ध्यानाकर्षण गराएको छ । पूर्वाधार विकास तथा पुर्ननिर्माण कार्यलाई तीव्रता दिने कार्यमा सहज हुने व्यवहारिक ऐन कानून एवं नीतिगत व्यवस्था गरी जवाफदेहिता सहितको समय सापेक्ष ऐन, कानून एवं नीतिगत व्यवस्था कार्यान्वयनमा ल्याउन महासंघले माग गरेको छ ।
राष्ट्रले भोगिरहेको यस अकल्पनीय क्षति पश्चातको पुर्ननिर्माणमा सहयोग गर्न महासंघ अझ प्रतिबद्ध भएर लाग्न दृढ रहेको विज्ञप्तिमा उल्लेख छ । नागरिकले आधारभूत सेवा पाउन वा उद्योग÷व्यवसाय सञ्चालन गर्न ‘अवैध’ बाटो अपनाउनुपर्ने विद्यमान विकराल प्रणालीको अन्त्य गरी ‘सम्बन्ध वा पैसा विना केही हुँदैन’ भन्ने मानसिकताको अन्त्य गर्दै भ्रष्टाचारमा संलग्नलाई कडा कार्वाही गरी निर्माण उद्योगमा व्याप्त तमाम विसङ्गती अन्त्यका लागि महासंघले नवगठित सरकार समक्ष माग राखेको छ ।
पूँजीगत खर्चमा वृद्धि गरी अर्थतन्त्र चलायमान बनाउन र संकटग्रस्त अवस्थामा रहेको निर्माण उद्योग सहित सिङ्गो निजी क्षेत्रको मनोबल नगिर्ने गरी र्आिर्थक स्थायित्वलाई उच्च प्राथमिकतामा राखेर अविलम्ब ठोस आर्थिक रणनीति सहित अघि बढ्न महासंघ पनि नवगठित सरकार समक्ष महासंघले अपील गरेको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij