Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

काठमाण्डौ उपत्यकाको विद्यालय आजदेखी खुल्ने

काठमाण्डौ उपत्यकाको विद्यालय आजदेखी खुल्ने

नेपाल सम्वत् ११४५, यंलागा, सप्तमी (२९ भाद्र, २०८२, १४ सेप्टेम्वर, २०२५) आईतबार, बाँपिझ्याला । काठमाडौं महानगरपालिकाअन्तर्गत सञ्चालित विद्यालय आज भदौ २९ देखि खोल्न निर्देशन दिइएको छ । तर, यस दिन पठनपाठन नगर्न महानगरले भनेको छ ।

“सबै शिक्षक तथा कर्मचारीहरू मिति २०८२।०५।२९ गते आइतबारदेखि विद्यालयमा उपस्थित हुने, तर उक्त दिन विद्यार्थीलाई विद्यालयमा नबोलाउने,” महानगरको शिक्षा विभागले शनिबार (भदौ २८) जारी गरेको सूचनामा भनिएको छ ।

यस दिन विद्यालयको प्रशासनिक कार्यका साथै सरसफाइ गर्न भनिएको छ । विद्यालयमा कुनै प्रकारको क्षति देखिएमा महानगरमा विवरण उपलब्ध गराउन निर्देशन दिइएको छ ।

“विद्यार्थीका अभिभावकहरूसँग सम्पर्क गरी विद्यार्थीको अवस्था बुझ्ने, अवस्था सामान्य नहुन्जेल आफ्ना बालबालिकालाई विद्यालयमा ल्याउन र लैजाने कार्य गर्न अनुरोध गर्ने,” महानगरको सूचनामा उल्लेख छ ।

अभिभावकले आफ्ना विद्यार्थी विद्यालयमा ल्याउने र लैजाने गरी जिम्मा लिएमा र परिस्थिति सामान्य देखिएमा सोमबार (भदौ ३०)देखि मनोसामाजिक परामर्शसँगै पठनपाठन गर्न भनिएको छ ।

“विद्यालयमा अभिभावकसँग आउन र जान नसक्ने विद्यार्थीलाई भर्चुअल कक्षामार्फत सहजीकरण गर्ने,” विद्यालयहरूलाई लेखिएको सूचनामा उल्लेख छ ।

‘जेनजी’को प्रदर्शन उग्र बनेपछि निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरिएसँगै मंगलबार (भदौ २४)देखि विद्यालय बन्द गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार