Nov 24 2026 | २०८३, मंसिर ८, गते

Nov 24 2026 | २०८३, मंसिर ८, गते

फिल्म 'सैयारा' ओटिटीमा रिलिज

फिल्म 'सैयारा' ओटिटीमा रिलिज

नेपाल सम्वत् ११४५, यंलागा, पञ्चमी (२७ भाद्र, २०८२, १२ सेप्टेम्वर, २०२५) शुक्रबार, बाँपिझ्याला । बक्स अफिसमा सुपरहिट कमाइ गरेको भारतीय फिल्म 'सैयारा' ओटिटीमा रिलिज भएको छ।

शुक्रबार नेटफ्लिक्समा रिलिज भएसँगै यो फिल्म फेरि चर्चामा आएको छ। नव–अभिनेता अहान पाण्डे र अभिनेत्री अनित पड्डा अभिनीत तथा यशराज फिल्म्सद्वारा निर्मित 'सैयारा' सेप्टेम्बर १२ देखि नेटफ्लिक्समार्फत १९० देशहरूमा स्ट्रिमिङ भइरहेको जनाइएको छ। 

ओटिटी रिलिजसँगै कतिपयले सामाजिक सञ्जालमा फिल्मप्रति आफ्नो प्रेम व्यक्त गरिरहेका छन्। घरमै बसेर फिल्म हेर्न उत्साहित रहेको दर्शकहरूको प्रतिक्रिया छ। 

मोहित सुरीद्वारा निर्देशित 'सैयारा' एक अप्रत्याशित ब्लकबस्टर फिल्म बन्यो। यसले विश्वभर ५०० करोड भारूभन्दा बढी कमाएको छ। धेरै कीर्तिमान कायम गरेको 'सैयारा' अहिलेसम्मकै सर्वाधिक कमाइ गर्ने भारतीय रोमान्टिक फिल्म समेत बनेको छ।

यो फिल्म जुलाई १८ मा रिलिज भएको थियो। नेपालमा पनि फिल्मले अप्रत्याशित कमाइ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार