नेपाल सम्वत् ११४५, यलागा १ प्रतिपदा, २३ भाद्र, २०८२, ८ सेप्टेम्बर, २०२५) सोमबार, बाँपीझ्याला । गुठी संस्थान त्रिपुरेश्वर काठमाण्डौले देवस्थल व्यवस्थापन समिति गठन प्रक्रियासम्बन्धी निर्देशिका २०८१ प्रति जारी गरिएको छ ।
यसरी जारी गरिएको निर्देशीका बारेमा दोलखावासी र गुठीसंग सम्वद्ध सरोकारवालाहरू असन्तुष्ट व्यक्त गरेका छन् । यस बारेमा केन्द्रीय गुठी संस्थानका अध्यक्ष डा.शिवराज पण्डितसंग भेटघाट गरेका छन् ।
अध्यक्ष डा. शिवराज भेटघाटमा बरिष्ठ अधिवक्ता पुर्व महान्याधिवक्ता डा. मुक्ती नारायण प्रधानको नेतृत्वमा भीमेश्वर नगरपालीका दोलखाका पूर्व मेयर चोकबहादुर दाहाल, प्राध्यापक अमन श्रेष्ठ, गुठीयार हेमराज श्रेष्ठ, समाजसेवीहरु प्रकाश श्रेष्ठ, अमरकुमार प्रधान, द्वाल्खा गुठीका तर्फबाट अध्यक्ष विनोद मास्के, महासचिव उपेन्द्र प्रधान, कालिञ्चोक टुटानका स्थानिय वासिन्दा शेरप शेर्पा, युवा समाजसेवी राजु प्रधान, लक्ष्मीदास श्रेष्ठ र बालकृष्ण श्रेष्ठको उपस्थिती रहेको थियो ।
छलफलका क्रममा गुठी संस्थानका अध्यक्ष डा. शिवराज पण्डितले देवस्थल व्यवस्थापन समिति गठन गर्ने सम्बन्धी निर्देशिका २०८१ मा देवस्थल भन्नाले राज्यभर नै समेटिएकोले स्थानीय देवस्थलको नाम उल्लेख नगरिएको स्पष्ट पार्दै यसै निर्देशिका संशोधन गरी दोलखाको हकमा दफा या उपदफामा समेटेर तोक्ने वचन दिएका छन् । यसै गरी दोलखा कालिञ्चोक संग सम्वन्धीत समिती पहिलेनै गठन भईसकेकोले अर्को समितीको आवश्यकता नभएकोले र अहिले भईराखेको समितीलाई समावेशी रुपमा स्थानिय गुठीयार र सम्वन्धी पक्षलाई राखेर अगाडी जाने कुरामा छलफल भएको थियो ।
गुठी संस्थानबाट जारी निर्देशिकाको प्रस्तावनामा यस्तो लेखिएको छ– ‘गुठी संस्थान ऐन २०३३ अनुसार राजगुठीहरूको सञ्चालन र बन्दोबस्त गर्ने जिम्मेवारी गुठी संस्थानले बहन गर्दै आइरहेको परिप्रेक्ष्यमा संस्थानबाट बन्दोबस्त हुँदै आएका राजगुठीका मठ, मन्दिर, देवालय, शिवालय, गुम्बा, बिहार, चैत्य समेतको धार्मिक ऐतिहासिक, साँस्कृतीक एवं पर्यटकीय महत्वलाई संरक्षण, सम्बद्र्धन र प्रवद्र्धन गर्दै नियमित सञ्चालन, व्यवस्थापन तथा समयानुकूल विकासका र संरक्षणका लागि देवस्थल व्यवस्थापन समिति गठन गर्ने सम्बन्धी निर्देशिका जारी गरिएको छ ।’ भनी उल्लेख गरिएको छ ।
यसै निर्देशिकाको परिच्छेद–१ को दफा–२ को उपदफा ‘च’ मा ‘देवस्थल’ भन्नाले मठ, मन्दिर, देवालय, चैत्य, छोर्तेन, बिहार (बहा÷बही), गुम्बा, गुरुद्वार, देवीदेवता रहेको स्थल, देवीदेवताको प्रतिमा राखी वा नराखी सावैजनिक गुठीको पूजाआजा गर्ने गरेको भवन, कुटी, पर्वपूजा वा जात्रा जस्ता धार्मिक तथा सास्कृतिक कार्य हुने स्थल सम्झनुपर्छ ।’ भनिएको छ ।
प्रस्तुत निर्देशिका दोलखाको जिल्ला प्रशासन कार्यालयमा पुगेर पनि प्रमुख जिल्ला अधिकारीको निर्देशनानुसार सम्बन्धित पालिका र सरोकारवालाहरूमा परिपत्र भई आएकोमा सो निर्देशिकामा उल्लेखित बुँदाहरूप्रति चित्त नबुझेकाले दोलखाको स्थानीय गुठीसँग सरोकारवालाहरूसँग राय बुझेर गुठी संस्थानमै छलफल गर्न उपस्थित भएको हो ।
यसरी यो निर्देशिका केका लागि भनेर प्रश्न गर्दा जिल्ला प्रशासन कार्यालय दोलखाले कालिञ्चोक देवस्थल व्यवस्थापन समिति गठनका लागि भनिए पनि निर्देशिकामा दोलखा र कालिञ्चोकको नाम नै उल्लेख नभएकोले सोबारे यथार्थता स्पष्ट पार्न दोलखाका बुद्धिजिवी, समाजसेवी, स्थानीय गुठीयार र कालिञ्चोकबाट प्रतिनिधीमुलक रुपमा काठमाडौं त्रिपुरेश्वरस्थित गुठी संस्थानमा छलफलका लागि आएकको समाजसेवी अमरकुमार प्रधानले बताउनु भयो ।
छलफलको क्रममा साक्षात भगवान दोलखा भीमेश्वरको गुठीको जग्गा भेड्पु लगायतको बिषयमा छलफल भएको थियो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij