नेपाल सम्वत् ११४५, यंलाथ्वः ११ द्वादसी, १८ भाद्र, २०८२, ३ सेप्टेम्बर, २०२५) बुधबार, बाँपीझ्याला । प्राचिन शहर दोलखा गणेश टोल स्थित जिर्ण अवस्थामा रहेको गणेशको मन्दिर पुनः निर्माण हुदैछ ।
भीमेश्वर नगरपालीका वडा नं. २ हापिचा टोल निवासी दिवंगत ज्ञाहेन्द्रबहादुर श्रेष्ठ र पूजा लक्ष्मी श्रेष्ठकी आयुष्मान सुपुत्र नरेन्द्र बहादुर श्रेष्ठ तथा मदनदेवी श्रेष्ठकी आयुष्मान जेठी सुपुत्री सुनीता (सुमन) कायष्थको विशेष पहलमा उक्त गणेश मन्दिर पुनः निर्माण हुन लागेको हो ।
यसै सिलसिलामा आज विहान मन्दीर जग पूजा कार्य सम्पन्न हुर्दैछ भनी दोलखाबाट हाम्रो बाँपिझ्याला डटकमका सह–सम्पादक अजय प्रधानले बताउनु भयो ।
नेवाः देय् दवुका सल्लाहकार धरानका चर्चित समाजसेवी जेष्ठ नागरिक आदरणिय सरला कायष्थकी आयुष्मान सुपुत्र पराग कायष्थसंग दाम्पत्य जिवनमा बाँधिनु भएकी सुुनिता (सुमन) युनिसेफमा कार्यरत हुनु हुन्छ ।
उक्त मन्दिरपूजामा भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्ष स्टालिन श्रेष्ठज्यूको विशेष उपस्थिती रहेको थियो । यसरी स्थानिय पुरोहितले आज विहान साईत पारी उक्त जग पुजा गरिएको हो ।
मन्दिरको जगपूजामा सुमन कायष्थका आमा, माईज्यू कृष्णवदन श्रेष्ठ तथा घरपरिवारका सदस्यहरुको साथै युवा समाजसेवी ज्ञानेन्द्र प्रधान लगायत शुभचिन्तक दोलखावासीहरुको उपस्थिती रहेको थियो ।
फोटोः बाँपिझ्याला डटकम/ सुनील मास्के
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij