नेपाल सम्वत् ११४५, यंलाथ्वः ६ षष्ठी, १३ भाद्र, २०८२, २९ अगष्ठ, २०२५) शुक्रवार, बाँपीझ्याला । प्राचिन शहर दोलखा भीमेश्वर नगरपालिका–२, तल्लोटोलमा अवस्थित राजकुलेश्वर आधारभूत विद्यालयले विद्यालय व्यवस्थापन समितिको पुनर्गठन प्रक्रिया आजबाट शुरु भएको छ ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष अजय प्रधानको अध्यक्षतामा कार्यक्रम प्रारम्भ भएको उक्त कार्यक्रमबाट प्रक्रिया शुरु भएको हो ।
भीमेश्वर नगरपालिका–२ का वडा अध्यक्ष स्टालिन श्रेष्ठको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रम पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो । यसै गरी उपस्थिती प्रमुख अतिथी, विशेष अतिथी र अभिभावकहरुलाई विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद दाहालले स्वागत भाषणद्वारा स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा समितिका अध्यक्ष अजय प्रधानले विगत तीन वर्षको कार्यकालमा विद्यालय र विद्यार्थीको हितमा सम्पन्न उपलब्धिमूलक गतिविधिहरुको विस्तृत जानकारी प्रस्तुत गरेका थिए ।
कार्यक्रममा शिक्षा प्रेमी महेन्द्र नारायण श्रेष्ठ, शान्त श्रेष्ठ, भीम माध्यमिक विद्यालयका प्रधानाध्यापक शेषनाथ आचार्य, विव्यस सदस्य हर्क बहादुर श्रेष्ठ र प्रमुख अतिथि स्टालिन श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए ।
पुनर्गठन प्रक्रियाको पहिलो चरणमा अभिभावक तर्फबाट चरित्र कुसुले र कमला थामीलाई नयाँ सदस्य चयन गरिएको विद्यालयले जनाएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij