नेपाल सम्वत् ११४५, गुंलागा २ द्वादशी (४ भाद्र, २०८२, २० अगष्ठ, २०२५) बुधबार, बाँपीझ्याला । फिल्म 'बोक्सीको घर' ब्लकबस्टर भएपछि अभिनेत्री केकी अधिकारीको चर्चा र व्यस्तता थप बढेको छ। उनका एकपछि अर्को फिल्म प्रदर्शन तयारीमा छन्।
यही शुक्रबारदेखि उनी अभिनीत फिल्म 'जनै हराएको मान्छे: सम्बन्धका धागाहरू' प्रदर्शनमा आउँदैछ। यो फिल्ममा केकी मुख्य पात्र विजय बरालको दिदीको भूमिकामा छिन्।
फिल्ममा एक दयालु दिदीको भूमिका उनले निर्वाह गरेकी छन्। भाइको जिन्दगीले लय समातोस् भनेर आफू श्रीमानको दमन र खप्की सहेर बस्ने दिदीको चरित्र उनले निर्वाह गरेकी छन्।
आफ्नो दुःख लुकाएर अरूको खुसीका लागि जिउने दयालु खालको पात्रको भूमिकामा उनलाई देख्न पाइन्छ।
उनले घरेलु हिंसा सहेर बसेको थाहा पाएपछि भाइले त्यसको प्रतिकार गर्न खोज्दा उल्टै भाइलाई नै कराउँछिन्। फिल्मको ट्रेलरमा पनि उनलाई भाइका लागि आफ्ना सपनाहरू बिर्सिएकी पात्रका रूपमा देखाइएको छ।
केकीले आफ्नो भूमिकाबारे भनिन्, 'म सानो उमेरमै ठूलो सपना बोकेर काठमाडौं आएकी गाउँले युवतीको भूमिकामा छु। तर, समय र परिस्थितिले उसलाई यस्तो मोडमा लिएर जान्छ, जहाँ उसलाई आफ्नो सपना नै याद छैन।'
उनी अगाडि भन्छिन् 'त्यस्ता धेरै महिला आज काठमाडौंमा हुनुहुन्छ। त्यस्ता महिलामध्ये एक महिलाको पात्र मैले यो फिल्ममा निभाएकी छु।'
हिमाल न्यौपानेको निर्देशनमा बनेको 'जनै हराएको मान्छे: सम्बन्धका धागाहरू' मा केकी र विजयसँगै मिरूना मगर, शुशांक मैनाली, भोलाराज सापकोटा, गौरव पहारी, रियर राईलगायत कलाकारहरूको अभिनय छ।
कमल न्यौपाने र विमल न्यौपाने निर्माता रहेको फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्। गोविन्द शाहीको काफिया फिल्मसले यसको वितरणको जिम्मा लिएको छ।
हलहरूले फिल्मको अग्रिम टिकट बुकिङ खुलाइसकेका छन्।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij