नेपाल सम्वत् ११४५, गुलागा ९ नवमी (१ भाद्र, २०८२, १७ अगष्ठ, २०२५) आईतबार, बाँपीझ्याला । प्राचिन शहर दोलखामा आफ्नै मौलिक महत्व बोकेको बर्षमा पाँच रातसम्म निरन्तर प्रर्दशन गरिने भैरब–कुमारी जात्रा यस वर्ष पनि भव्य र सफलतापूर्वक सम्पन्न भएको छ । यस सफलतामा खुसियाली व्यक्त गर्दै दोलखाका जेष्ठ नागरिक समाजसेवी वरिष्ठ ईन्जिनियर आत्मा कृष्ण श्रेष्ठले सम्मान सहित सहभागी देवगणहरुलाई रात्री भोजको आयोजना गरिएको छ ।
यसरी भैरब कुमारी जात्रामा पाँच रात अहोरात्र खटेर जात्रालाई सम्पन्न गराउन योगदान पुर्याउने भैरब कुमारी जात्राका देवगण देवता, चाकलचुकुल, गुभाजु र बाजा बजाउने कलाकारहरुको सम्मानमा परिवारका सदस्य श्यामकृष्ण प्रधान र वडा सचिव विणा श्रेष्ठले टीका खादा लगाई सम्मान सहित व्यक्त गरिएको छ । यसै गरी समाजसेवि ईन्जिनियर श्रेष्ठले जात्रा मात्र नभई यस किसिमका सांस्कृतिक परम्पराले हाम्रो पहिचान र सामाजिक एकता झनै मजबुत हुने कुरा बताउनु भएको छ ।
उक्त सम्मान कार्यक्रममा सहभागी देवगणहरुलाई रात्रीभोजको आयोजना गरिएको थियो ।
रात्री भोजमा सहभागी देवगण, गुभाजु तथा कलाकारहरुले समाजसेवी ई. आत्मा कृष्ण श्रेष्ठप्रति आभार व्यक्त गर्दै, भावी दिनमा पनि यसैगरी सांस्कृतिक, धार्मिक र सामाजिक कार्यमा अग्रसर भई सहयोग गर्न प्रेरणा मिलेको बताएका छन् ।
कार्यक्रममा सहभागी समाजसेवि शान्त श्रेष्ठ, अजय प्रधान, वडा सचिव विणा श्रेष्ठले यसरी धन्यवाद तथा सम्मान कार्यक्रमले दोलखाको सांस्कृतिक धरोहर संरक्षण र सामाजिक ऐक्यबद्धतालाई थप सुदृढ बनाउने विश्वास लिएको बताएका छन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij