नेपाल सम्वत् ११४५, गुंलाथ्वः १३ तृर्तिया, (२२ श्रावण, २०८२, ७ अगष्ठ, २०२५ बिहीबार, बाँपीझ्याला । चीनको प्रख्यात व्यावसायिक विद्युतीय सवारी ब्रान्ड ‘क्यारी’का इलेक्ट्रिक भ्यान नेपाली बजारमा भित्रिएकाे छ ।
लक्ष्मी ग्रुप अन्तर्गतको एलएक्सजी मोटर्स प्रालिले बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाइमा मोबिलिटी एक्स्पोमा क्यारीका केभान १ र केभान २ भेरिएन्टका इलेक्ट्रिक भ्यान लन्च गरेकाे हाे ।
नेपालकै लागि भनेर विशेष रुपमा डिजाइन गरिएका यी भ्यान १५ र १६ सिट क्षमतामा उपलब्ध हुनेछन् । साथै, व्यावसायिक प्रयोजनका लागि आधुनिक खैरो रङमा ’कमर्सियल भेरियन्ट’ र स्कुल/कलेज प्रयोजनका लागि सुरक्षात्मक पहेँलो रङमा ’स्कुल भेरियन्ट’ उपलब्ध गराइएको छ । स्कुल भेरिएन्टमा बालिबालिकाको सुरक्षालाई सुनिश्चित गर्न उच्चतम सुरक्षा मापदण्ड र विशेष सुबिधाहरु समावेश गरिएका छन् ।
यी इलेक्ट्रिक भ्यानमा ५३ किलोवाट आवरको एलएफपी सिएटिएल ब्याट्री जडान गरिएको छ, जसले एक पटकको फुल चार्जमा ३०० किलोमिटरभन्दा बढी रेन्ज प्रदान गर्दछ । दुवै मोडलमा स्थायी पर्मानेन्ट म्याग्नेट सिंक्रोनस मोटर (पीएमएसएम) जडान गरिएको छ, जसले १३०/२७० एनएमको रेटेड/पीक टर्क र ५०/८० किलोवाटको रेटेड/पीक पावर उत्पादन गर्दछ ।
क्यारीको यी विद्युतीय भ्यानमा नेपाली सडकका लागि उपयुक्त हुनेगरी १८० एमएमको उच्चतम ग्राउन्ड क्लिरियन्स दिइएको छ । अगाडि डिस्क र पछाडी ड्रम ब्रेक जडान गरिएको यी भ्यानमा एबीएस, ईबीडी र फायर एक्सटिन्गुइसर लगायत सेफ्टि फिचर पाउन सकिने कम्पनीले जनाएकाे छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij