नेपाल सम्वत् ११४५, गुंलाथ्वः १२ द्वादशी, (२१ श्रावण, २०८२, ६ अगष्ठ, २०२५ बुधबार, बाँपीझ्याला । बलिउड अभिनेता आमिर खान आफ्नो पुरानो घर छाडेर अपार्टमेन्टमा सरेका छन्।
उनले मुम्बई, बान्द्राको पाली हिलस्थित समुन्द्री किनार देखिने चारवटा अपार्टमेन्टहरू भाडामा लिएका हुन्। जसका लागि उनले मासिक २४ लाख ५० हजार भारू तिर्नेछन्। भारतीय संचारमाध्यमका अनुसार आमिरले भाडामा लिएको अपार्टमेन्टहरू पाली हिलको नर्गिस दत्त रोडमा रहेको विल्नोमोना अपार्टमेन्टमा अवस्थित छन्।
विशेष कुरा त के छ भने आमिर सरेको यो ठाउँ अर्का अभिनेता शाहरूख खानको अस्थायी निवास पूजा कासाबाट लभगभ ७ सय ५० मिटर दुरीमा पर्छ। शाहरुख पनि आफ्नो बंगला 'मन्नत' मर्मतसम्भार भइरहेकाले हाल अर्को घरमा बसिरहेका छन्।
आमिर पनि आफ्नो बसोबार रहेको 'भर्गो हाउजिङ सोसाइटी' पुनर्विकास हुन लागेपछि नयाँ अपार्टमेन्ट भाडामा लिएका हुन्। यसअघि बसाइ रहेको भर्गो कम्प्लेक्स, पुनर्निर्माणपछि अत्याधुनिक र सुविधासम्पन्न हुने जनाइएको छ। त्यहाँ आमिर खानका १२ वटा अपार्टमेन्ट छन्।
उनले नयाँ अपार्टमेन्ट पाँच वर्षका लागि सम्झौता गरेका हुन्। मुम्बईको बांद्रा बलिउड कलाकारहरूको मुख्य रोजाइमा पर्छ, जहाँ सलमान खान, करीना कपूर खान, सैफ अली खान, रणबीर कपूर र आलिया भट्टजस्ता ठूला स्टारहरूको पनि बसोबास छ।
अन्धेरी, वर्सोवा, जुहू र गोरेगाउँ फिल्म सिटी जस्ता नजिकैका क्षेत्रहरूमा अवस्थित प्रमुख बलिउड स्टुडियोहरूसँगको निकटताले फिल्म जगतमा बान्द्राको आकर्षण बढाएको छ। दशकौंदेखि, बलिउड स्टारहरूले बान्द्रालाई आफ्नो आवासीय केन्द्रको रूपमा मन पराउँदै आएका छन्।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij