Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

समाजसेवी सकुनाको “कृष्ण कृष्ण” बोलको कृष्ण भजन संग्रह छिट्टै बजारमा

समाजसेवी सकुनाको “कृष्ण कृष्ण” बोलको कृष्ण भजन संग्रह छिट्टै बजारमा

नेपाल सम्वत् ११४५, गुंलाथ्वः ११ एकादशी, (१९ श्रावण, २०८२, ४ अगष्ठ, २०२५ सोमबार, बाँपीझ्याला ।  समाजसेवी सकुना श्रेष्ठ मलेकुकी “कृष्ण भजन” को छाँयाङ्कन सम्पन्न भएको छ । माईतीको आगन बोलको गितबाट २०७८ सालको तिजमा नेपालको साँगितीक क्षेत्रमा प्रवेश गर्नु भएका सकुना श्रेष्ठ मलेकुकी यसभन्दा अगाडी एक दर्जन भन्दा बढी गित र भजन संग्रह बजारमा आईसकेको छ ।

माईतीको आगन, तिजको लहर, रानी झै घमक्क जस्ता चर्चित तिजको गित बजारमा आईसकेको छ । यसै गरी जन्मघर दोलखा, दोलखा बजारमा, कति सहन्छौ जस्ता आधुनिक गितका साथै श्यामसुन्दर, दोलखा भीमेश्वर, रामराम र पार लगाउन प्रभु जस्ता भजन संग्रह रहेको छ । यसरी आधुनिक र भजन संग्रहले गर्दा उहाँलाई नेपालको साँगितीक क्षेत्रमा अगाडी बढ्न सहयोग पुगेको छ ।

skuna.jpg
undefined

“कृष्ण कृष्ण” बोल रहेको कृष्ण भजन संग्रहमा स्वर सकुना श्रेष्ठ मलेकु, शब्द एचवि सुनार, संगित मञ्जु उपासना, एरेञ्ज सुदिप सागर, स्टुडियो अकेन्टीक नेपाल, मिक्सीङ मास्टरिङ्ग प्रकाश मिश्र रकरिष्ट राजारामबाबु रहेको छ ।

यस गितलाई निर्देशन एचवि सुनार, कोरियोग्राफ्री मञ्जु उपासना, छायाङ्कन ज्ञानेन्द्र शर्मा हुमागाई, मेकअप सपना लम्साल, ङ«ोन विशाल लामा, अभिनय गिता ढुंगाना, गोविन्द विवस, सम्पादन मिलन विश्वकर्मा र प्रविण रहेका छन् ।

सामाजिक सेवा भनेको अर्को दोश्रो व्यक्तीको सेवा गरेर आनन्द लिने गरिन्छ भने संगित क्षेत्रमा आफ्नो प्रवेशले आफुलाई आत्म सन्तुष्टी र मनोरञ्जन लिने गरेको अनुभव समाजसेवी गायीका सकुना श्रेष्ठ मलेकुको भनाई रहेको छ । यसै गरी यस “कृष्ण कृष्ण” बोलको भजन सग्रह छिट्टै बजार आउने भएकोले उक्त भजनलाई सुनी मनपराई शेयर र सस्क्राईभ गरि दिन पनी आग्रह सहित अनुरोध गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार