नेपाल सम्वत् ११४५, गुंलाथ्वः ९ नवमी, (१७ श्रावण, २०८२, २ अगष्ठ, २०२५ )शनिवार, बाँपीझ्याला । विश्व स्तनपान दिवस (श्रावण १६ –२२ गते सम्म साप्ताहिक रुपमा मनाईँदै छ ।
यसै सन्दर्भमा आज मिति २०८२ श्रावण १७ गते शनिवार “स्तनपानलाई प्राथमिकता दिऔं, सहयोगी वातावरण निर्माण गरौँ” भन्ने मुल नाराका साथ आज दोलखा स्वास्थ्य चौकीको आयोजनामा कार्यक्रम सम्पन्न भएको छ ।
दोलखा स्वास्थ्य चौकी व्यवस्थापन समितिका सभापति एवं भीमेश्वर नगरपालिका वडा नम्बर –२ का वडाध्यक्ष स्टालिन श्रेष्ठको अध्यक्ष्यता र भीमेश्वर नगरपालिकाका उप नगरप्रमुख श्री कमला बस्नेतकी प्रमुख आथित्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्यता रहेको थियोे।
उक्त कार्यक्रममा स्तनपानको बारेमा विभिन्न वक्ताहरुबाट आ–आफ्नो मन्तव्यहरु व्यक्त गरिएको थियोे । प्रस्तुत कार्यक्रममा उपस्थित गर्भवती महिलाहरुलाई पोषणयुक्त खानेकुराहरुका साथै महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई र स्वास्थ्य चौकी कर्मचारीहरुलाई न्यानो ब्याङ्ककेट वितरण गरिएको थियोे ।
उक्त सामाग्रीहरुको पहलकर्ता निवर्तमान स्वास्थ्य इञ्चार्ज श्री रामकृष्ण मास्केले गरिएको थियोे ।
हरि श्रेष्ठ, दोलखा
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij