Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

अस्कर कलेजमा भोली साउन १५ देखि नाटक ‘दोरुम्बा’ मञ्चन हुने

अस्कर कलेजमा भोली साउन १५ देखि नाटक ‘दोरुम्बा’ मञ्चन हुने

नेपाल सम्वत् ११४५, गुंलाथ्वः६ षष्ठी, (१४ श्रावण, २०८२, ३० जुलाई, २०२५ बुधबार, बाँपीझ्याला ।  अस्कर कलेजको ‘साधना घर’ प्रेक्षालयमा नाटक ‘दोरुम्बा’ मञ्चन हुने भएको छ। साउन १५ गतेदेखि सुरु हुने नाटक साउन २४ गतेसम्म देखाइनेछ।  

यस नाटकले माओवादी द्वन्द्वकालमा राज्यपक्ष र विद्रोही पक्षको बिचमा पिसोलिएका जनताको कथा पेश गर्नेछ। नाटकलाई सुमनकुमार वाग्लेले लेखेका हुन्।

कलेजका विभिन्न ब्याचका विशेषत: अभिनय विशिष्टीकरणका विद्यार्थीहरूको संलग्नता रहेको नाटकलाई १६औँ ब्याचका विद्यार्थी युदीप सिटौलाले निर्देशन गर्नेछन्। साउन १५ देखि हरेक दिन साँझ ५:१५ बजे मञ्चन हुनेछ भने शनिबारका दिन भने १:१५ बजेको अतिरिक्त शो समेत हुनेछ।

दुई दशकदेखि सिनेमा अध्यापन गराउँदै अस्कर कलेजको साधना-घरमा यसअघि आधा दर्जनभन्दा बढि नाटकहरू मञ्चन भईसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार