परिचय
दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका वडा नं.८ भटेलीमा गठित हराभरा कृषि उत्पादक कृषक समुहमा जम्मा २५ जना महिला २० र पुरुष ५ जना रहेको छ । कालिञ्चोक गाउँपालिकाको वडा नं. ८ को वडा कार्यालयबाट लगभग ३ कि.मि उत्तरी भेगमा अवस्थित समुन्द्री सतहबाट लगभग १६५० मि.मा अवस्थित रहेको छ । यहाँका मानिसहरु उच्च पहाडमा लाग्ने आलु, कोदो खुर्सानी जस्ता बालीहरु खेती गदै आएको छन् ।
आयोजना लागु गर्नु भन्दा पहिलाको अवस्था
सबै कृषकहरुले तरकारी खेती गर्दा पनि चिसो र सिंचाइको कमीको कारण भने जति उत्पादन नहुने गुनासो थियो । यस चिसो र सिंचाइको अभावका कारण हिउँदको समयमा आधा भन्दा बढी जग्गा नै बाँझो रहेको कुरा यस समुहका अध्यक्ष श्री अम्बिका शिवाकोटी बताउनुहुन्छ । तरकारी खेती गर्न इच्छुक धेरै भएता पनि चिसोको कारण तरकारी कठ्याङृग्रिने मर्ने सिंचाइको कमी हुदाँ खेती गर्न नसक्ने हुदाँ हरेक तरकारी बजारबाट किन्नु पर्दा बढी खर्च लाग्ने हुन्थ्यो । जसका कारण घर वरिपरिका बारीहरु बाँझो नै हुन्थ्यो ।
आयोजनाको क्रियाकलाप कार्यान्वयन
खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनाको सञ्चालित पुरक अनुदान तर्पmको कार्यक्रममा प्लाष्टिक टनेलमा व्यवसायिक तरकारी खेती भन्ने शिषर्कमा रु. ७,०७,००० (अक्षरुपी सात लाख सात हजार) सम्झौता गरी जसमा आयोजनाबाट सहयोग रु. ५,९८,००० र समुहको तर्फबाट रु.१,०९,००० लगानीमा प्लाष्टिक टनेल, थोपा सिंचाइ सेट, विऊ विषादी खरिद तथा समुहको क्षमता विकासका लागि बेमौसमी तरकारी खेतीको तालिम आदी मुख्य क्रियाकलापहरु सञ्चालन भएको छ । पालिकामा समुह दर्ता गरी बैंक खाता सञ्चालन गरी बचत संकलन पनि सुचारु भएको छ । टनेलबाट ताजा तरकारी उत्पादन गरी आयश्रोतमा वृद्धि भएको छ ।
नतिजा : आयोजना लागू तथा क्रियाकलाप कार्यान्वयन पश्चातको परिवर्तन
चिसोबाट बिरुवा कठ्याङग्रिएर मर्ने, ुिसचाँई नपुग्दा बिरुवाहरु मर्ने, रोग लाग्ने जस्ता समस्यामा कमी आएको छ र नयाँ प्रविधि भएकाले सबै किसानहरुको रेखदेखमा चासो बढेको छ । यसबाट समुदायका सबै सदस्यहरु १५ जना म. ५ जना पुरुष २१ देखी ३५ सम्म १२ जना ३५ देखी ४५ सम्म ६ जना ४५ देखि २ जना लाभान्वित भएका छन ।
कृषकहरुले अरु थप प्लास्टिक टनेल बनाएर अन्य बाँझो बारीमा पनि खेति लगााएर आम्दानीको स्रोतमा वृदि गरेका छन् । ताजा तरकारी खेती गरी खानपानमा पनि सुधार ल्याएका छन् । अन्य बेमौसममा पनि तरकारी खेति गरी उन्नत जातका बिउहरु लगााउने, नयाँ प्रविधिहरु अबलम्बन गर्न सक्ने भएका छन । मासिक बचत सकंलन तथा परीचालन गरी समुहलाई अगााडी बढाउने प्रतिबदता रहेको छ ।
प्रभाव तथा असर
समुहका सदस्य भन्नुहुन्छ,“फानसेप आयोजनाले हामी किसानको दुख बुझेर सहयोग गरी नयाँ प्रविधि विस्तार गरी खेतिमा बढि उत्पादन दिएको छ”।
समुहका सदस्य भन्नुहुन्छ,“चिसो र सिचाँइको अभाव हुने ठाँउमा पनि उचित श्रोत र साधनको परिचालन गरी बढि उत्पादन लिन सकिने रहेछ । यस आयोजनाले ठाँउ तथा भूगोल हेरी समस्याको समाधान गरी खेति तथा प्रविधिमा थप उर्जा प्रदान गरेको छ ।
सिकाई
सुरुमा यस आयोजनाबाट प्राप्त भएको पुरक अनुदानको लागि बुझाइमा कमी भएको कारण बुझाउन गाह्रो भएको थियो । कोभिड १९ को महामारीमा पनि समुदायमा सकारात्मक सोच भएमा सिमित स्रोत र साधनले अपेक्षित प्रतिफल प्राप्त गर्न सकिन्छ । समुदायमा उन्नत जातका बिउहरु लगााउने, नयाँ प्रविधिहरु अबलम्बन गर्न सकेमा बर्षभरी नै उत्पादन लिन सकिने र बिक्रि गरेर आम्दानि लिन सकिन्छ । उन्नत प्रविधिको अभ्यासमा सहजता ल्याउनको लागि आयोजनाको आर्थिक तथा प्राविधिक सहयोग अपरिहार्य छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij