नेपाल सम्वत् ११४५, दिल्लागाः ६, षष्ठी, (३२ अषाढ, २०८२, १६ जुलाई, २०२५) बुधबार, बाँपीझ्याला । काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री रघुजी पन्तको पुत्ला दहन गरिएको छ ।
नेकपा बहुमट निकट अखिल (क्रान्तिकारी) का विद्यार्थीहरूले बुधबार साँझ डिल्लिबजारदेखि सिंहदरबारतर्फ जाने बाटोमा पुत्ला दहन गरेका हुन् ।
पूर्व घोषित चरणबद्ध संघर्षका कार्यक्रम अन्तर्गत बुधबार पुत्ला दहन गरिएको संगठनका सचिव डीबी शाहीले जानकारी दिए । उनका अनुसार, साउन २ गते देशभर शैक्षिक हड्ताल घोषणा भइसकेको छ ।
सोही हड्ताल सफल पार्नेगरी बुधबार पुत्ला दहन र राजीनामा माग गरिएको उनले लाई बताए । संविधानको भाग ३ अन्तर्गत धारा ३१ मा सुनिश्चित गरिएको शिक्षासम्बन्धी मौलिक हकको उल्लंघन भएको, शिक्षाको निजीकरण र व्यापारीकरणलाई प्रोत्साहन गरिएको, र शैक्षिक माफिया तथा दलालहरूको संरक्षण गरिएको लगायतका आरोप लगाउँदै उनीहरूले मसाल जुलस गरेका हुन् ।
राज्यद्वारा जनपक्षीय शिक्षा ऐन तर्फ अग्रसर नभई उल्टै शिक्षालाई व्यापारिक लाभको स्रोत बनाउने प्रयास भएको भन्दै त्यसको विरोधमा पुत्ला दहन गरिएको विद्यार्थीहरूले बताएका छन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij