Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

अत्याचारको केही नमुना सार्वजनिक गर्दैछु : रामकृष्ण ढकाल

अत्याचारको केही नमुना सार्वजनिक गर्दैछु : रामकृष्ण ढकाल

नेपाल सम्वत् ११४५, दिल्लागाः ५, पञ्चमी, (३१ अषाढ, २०८२, १५ जुलाई, २०२५) मंगलबार, बाँपीझ्याला ।  गायक रामकृष्ण ढकालले सामाजिक सञ्जाल मार्फत अभद्र र अपमानजनक विभिन्न टिप्पणी गर्नेहरूलाई सार्वजनिक गरेका छन् । मंगलबार उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस पोस्ट गर्दै अभद्र टिप्पणी गर्नेहरूलाई सार्वजनिक गरेका हुन् । 


‘आज म कलाकार भएर ताली र गाली दुवै पचाउँदै आउने क्रममा भएको अत्याचारको पराकाष्ठाको केही नमुना सार्वजनिक गर्दैछु,उनले लेखेका छन्, अति भयो, सहनै सकिएन यो हदसम्मको अपमान ।
 
सामाजिक सञ्जालमा नक्कली नाममा फेक आइडी बनाएर आफूलाई पानीमाथिको ओभानो बनाउँछु, मलाई भेटाउनै सक्दैनन् भन्ने भ्रम छ भने कृपया हटाई हाल्नुहोस् । तपाईँहरू जस्ता अपराधीलाई कठघरामा उभ्याउन र अपराध कर्मलाई जरैबाट उखेल्न नै साइबर ब्युरोको जन्म भएको हो । 

उनले आफूले सार्वजनिक गरेका केही आइडीहरू प्रहरीको कारबाहीको दायरमा र केही खोजीमा रहेको समेत बताएका छन् । यसअघि गायिका एलिना चाैहान र समीक्षा अधिकारीले पनि अभद्र  टिप्पणी गर्नेहरूलाई सार्वजनिक गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार