Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

अभिनेत्री वर्षाले राष्ट्रिय चलचित्र पुरस्कार वितरणप्रति असन्तुष्टि व्यक्त

अभिनेत्री वर्षाले राष्ट्रिय चलचित्र पुरस्कार वितरणप्रति असन्तुष्टि व्यक्त

नेपाल सम्वत् ११४५, दिल्लागाः ४, चर्तुर्थी, (३० अषाढ, २०८२, १४ जुलाई, २०२५) सोमबार, बाँपीझ्याला ।  अभिनेत्री वर्षा सिवाकोटीले राष्ट्रिय चलचित्र पुरस्कार वितरणप्रति असन्तुष्टि व्यक्त गरेकी छिन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेख्दै नायकलाई मात्रै प्रोत्साहन गर्ने पुरस्कार वितरण गरेको भन्दै उनले आक्रोश व्यक्त गरेकी हुन्।  

‘लौ नायकज्युहरूलाई मात्रै प्रोत्साहन गर्नुस्, हामी महिला कलाकारहरूलाई प्रोत्साहन गरिदिने अध्यक्ष हामी कहिले पाउने?’ उनले प्रश्न गरेकी छिन्। 

प्रोत्साहन पुरस्कार अभिनेता प्रदीप खड्का(पुजार सार्की)ले मात्रै पाएका छन्।  

सोमबार चलचित्र विकास बोर्डको आयोजनामा राष्ट्रपति कार्यालयमा भएको ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८१’ समारोहबीच विभिन्न विधामा पुरस्कार वितरण गरिएको छ। जहाँ मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ उत्कृष्ट फिल्म घोषित भएको छ।

त्यस्तै ‘पूर्ण बहादुरको सारंगी’ बाट विजय बरालले उत्कृष्ट अभिनेताको अवार्ड जित्दा ‘खुस्मा’ बाट उपासना सिंह ठकुरीले उत्कृष्ट अभिनेत्री अवार्ड प्राप्त गरेकी हुन्। 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार