Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

टिम र स्क्रिप्ट राम्रो भएर मात्र पनि हुँदैन : बर्षा शिवाकोटी, अभिनेत्री

टिम र स्क्रिप्ट राम्रो भएर मात्र पनि हुँदैन : बर्षा शिवाकोटी, अभिनेत्री

नेपाल सम्वत् ११४५, दिल्लागाः ३, तृतिया, (२९ अषाढ, २०८२, १३ जुलाई, २०२५) आईतबार, बाँपीझ्याला । अभिनेत्री वर्षा शिवाकोटीको फिल्मी करिअर यतिबेला उत्कर्षमा छ। 'नाइँ नभन्नू ल २' बाट अभिनेत्रीका रूपमा उदाएकी उनले 'पशुपति प्रसाद २', 'परदेशी २', 'छक्का पञ्जा ५' लगायतका हिट फिल्ममा काम गरिसकेकी छन्। 

एकपछि अर्को फिल्ममा अनुबन्ध भइरहेकी वर्षा अब 'माग्ने राजा' मा देखिँदैछिन्। भदौ ६ गतेदेखि प्रदर्शनमा आउने फिल्ममा उनलाई दर्शकले केदार घिमिरे 'माग्ने बुढा' को जोडीको रूपमा देख्न पाउनेछन्।

वर्षाका अनुसार उनी यो फिल्ममा प्रस्ताव आउनुसाथ काम गर्न सहमत थिइन्। यसबारे भनिन्, 'किनकि राम्रो टिमको लोभ थियो। केदार दाइसँग मैले ‘छक्का पन्जा ५’ मा सहकार्य गरिसकेकाले पनि म ‘माग्ने राजा’ मा काम गर्न राजी भएँ।' 

पहिलोपटक केदार 'माग्ने राजा' मा प्रमुख भूमिकामा रहेकाले आफू उत्साहित रहेको वर्षाले बताइन्। उनले निर्देशक ऋषि लामिछाने पनि लामो समयपछि निर्देशनमा कमव्याक गरेको र लेखक सामिप्यराज तिमल्सेनाको स्क्रिप्टमा आफूले यसअघि नै फिल्ममा काम गरिसकेकाले ‘माग्ने राजा’ केही पक्कै फरक हुनेछ भनेर सहकार्य गरेको बताइन्।

सधैं गरिरहेको पात्रभन्दा 'माग्ने राजा' मा आफू फरक देखिएको वर्षाको दाबी छ।

उनले भनिन्, 'यसमा कथावस्तु नै फरक छ। मेरो जुन क्यारेक्टर भन्नुभएको छ, त्यसमा उहाँहरूले न्यारेट गर्दाखेरी त्यस्तो देखिन्छु या देखिन्नँ भन्ने थियो। तर उहाँहरूको सोँचाइ अनुसार नै मैले काम गरेकी छु।'

 
 

 निर्माता र निर्देशकको योजना अनुसार फिल्म बनेकोले सफल हुने विश्वास वर्षाको छ। 'टिम र स्क्रिप्ट राम्रो भएर पनि हुँदैन, त्यसलाई बजारमा कसरी प्रस्तुत गर्ने भन्ने पनि हुन्छ। हामी यति लामो समयदेखि व्यवासायिक रुपमा काम गरिरहेको हिसाब पनि सोच्नुपर्ने भयो। उहाँहरुको काम गराइ देखेपछि काम गर्न पनि सजिलो भयो,' वर्षा भन्छिन्।

फिल्मको कथा दर्शकले महसुस गर्न सक्ने वर्षाको भनाइ छ। उनका अनुसार फिल्मले अहिलेको वर्तमान अवस्थालाई चित्रण गरेको छ।

उनले भनिन् 'हाम्रो समाजले निम्न, उपल्लो वर्ग भनेर सिकाएको छ। फिल्मले सबै वर्गलाई प्रतिनिधित्व गर्छ। अहिलेको राजनीतिक अवस्थालाई पनि यसले केही चित्रण गरेको छ। राजनीति, साथी, परिवार र प्रेमिकाको कुरालाई बलियो गरी प्रस्तत गरेको छ।' 

फिल्म 'छक्का पन्जा ५' मा आफूले काम देखाउन पाएकैले सन्तुष्टि मिलेको उनले बताइन्।

'अहिलेसम्म काम गरेका फिल्ममध्ये अलिकित बढी एप्रिसियट पाएको 'छक्का पन्जा ५' बाटै हो। किनभने त्यो लेभलको सपोर्ट अहिलेसम्म मैले पाएको थिइनँ। राम्रो काम गर्नुहुँदो रहेछ है भनेर रेस्पोन्स आएको 'छक्का पन्जा ५' हो। 'माग्ने राजा' मा पक्कै पनि त्यो भन्दा मैले केही फरक गरेको छु जस्तो लाग्छ,' उनी भन्छिन्।

ऋषि लामिछानेको निर्देशनमा बनेको 'माग्ने राजा' हरितालिका तीजको छेकोमा प्रदर्शनमा आउन लागेको हो। यसको निर्माता मुनाल घिमिरे हुन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार