Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

भ्वाइस किड्स'मा ब्याटल राउण्ड : चार कोचका टिमबाट ४८ जना प्रतिस्पर्धी

भ्वाइस किड्स'मा ब्याटल राउण्ड : चार कोचका टिमबाट ४८ जना प्रतिस्पर्धी


नेपाल सम्वत् ११४५, दिल्लागाः १ (२७ अषाढ, २०८२, ११ जुलाई, २०२५) शुक्रबार, बाँपिझ्याला ।  शुक्रबारदेखि ‘भ्वाइस किड्स’मा ब्याटल राउण्ड सुरु हुँदैछ । ब्लाइन्ड अडिसन गत सप्ताहन्तमा सकिएसँगै चारैजना कोचले आ-आफ्नो ड्रीम टिम तयार गरिसकेका छन् ।

एक कोचको समूहमा १२ जना गरि ‘ब्याटल राउण्ड’मा ४८ जनाले प्रतिस्पर्धा गर्नेछन् । यो राउण्डमा १२ जना प्रतियोगीलाई ३/३ जनाको समूहमा बाँडेर ब्याटल प्रतिस्पर्धा गराइने भएको छ ।


तीमध्ये एकजनाले मात्र अर्को चरणमा जाने अवसर पाउनेछ भने दुई जना बाहिरिनेछन् । ब्याटलपछि हरेक टिममा ४ जना मात्र बाँकी रहनेछन् ।

प्रत्येक कोचले अन्य टिमका २ जना प्रतिस्पर्धीलाई ‘स्टिल’ गरेर आफ्नो टिममा ल्याउन सक्नेछन् । यसरी अन्ततः हरेक टिमबाट ६ जना प्रतिभा ‘लाइभ शो’ मा प्रवेश गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार