Oct 12 2026 | २०८३, आश्विन २६ गते

Oct 12 2026 | २०८३, आश्विन २६ गते

अकबरे खुर्सानीको भाउ घट्यो

अकबरे खुर्सानीको भाउ घट्यो

नेपाल सम्वत् ११४५, दिल्लागाः १ (२७ अषाढ, २०८१, ११ जुलाई, २०२५) शुक्रबार, बाँपिझ्याला ।बजारमा अकबरे खुर्सानीको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले शुक्रबार अकबरे खुर्सानीको भाउ घटेको देखाएको हो ।

आज अकबरे खुर्सानीको भाउ थोकमा प्रतिकिलो ३२ रुपैयाँले घटेको छ । बिहीबार कालीमाटी बजारमा अकबरे खुर्सानी प्रतिकिलो २ सय १४ रुपैयाँमा किनबेच भएको थियो ।

आज शुक्रबार भने प्रतिकिलो १ सय ८२ रुपैयाँमा किनबेच भइरहेको छ ।

जेठ दोस्रो साता अकबरे खुर्सानी प्रतिकिलो २ सय ८० रुपैयाँमा किनबेच भएको थियो भने वैशाख दोस्रो साता अकबरे खुर्सानीको भाउ ३ सय ७७ रुपैयाँसम्म पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार