नेपाल सम्वत् ११४५, दिल्लाथ्वः १५, गुरुपुर्णीमा (२६ अषाढ, २०८२, १० जुलाई, २०२५) बिहिबार, बाँपीझ्याला । दोलखा जन्मघर भई हाल उपत्यका बस्दै आएका दोलखाका युवा समाजसेवीहरुको विशेष सक्रियतामा आज गुरुपुजाको अवसरमा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ ।
प्राचिन शहर दोलखा स्थित जिल्ला कै दोश्रो ठुलो स्कुल भीममाध्यमिक विद्यालय र राजकुलेश्वर आधारभुत विद्यालयमा अध्ययनरत पूर्व विद्यार्थीहरुको सहयोग र युवापुस्ता व्यवसायी समाजसेवी विद्यार्थीहरु सक्रियतामा आज क्रिष्टल पार्टी प्यालेस विजुलीबजारमा आफुलाई अध्ययन गर्न सहयोग गर्ने गुरुआमा, गुरुबालाई सम्मान गरेको छ । उक्त सम्मान कार्यक्रममा ५७ जना शिक्षक, शिक्षीकाहरुको सहभागीता रहेको थियो ।
सम्मान गरिएको गुरुहरुलाई दोसल्ला ओडाई नेवारी परम्परा शैलीको फोटो फ्रेम सहीत सम्मान पत्र प्रदान गरिएको छ । सम्मान पत्र प्रदान गर्ने महानुभावहरुमा जेष्ठ नागरिक दोलखाका समाजसेवीहरु मध्ये बरिष्ठ ईन्जिनियर आत्माकृष्ण श्रेष्ठ, जेष्ठ नागरिक संस्कृती प्रेमी यज्ञकुमार प्रधान, समाजसेवी कृष्णप्रसाद मास्के र प्रा.डा. हरिदर्शन श्रेष्ठ रहेका छन् ।
दोलखाका युवा व्यवसायी समाजसेवी राजन श्रेष्ठले आजभन्दा छ सात बर्ष अगाडीदेखि गुरु पूर्णीमाको अवसरमा गुरुहरुलाई व्यक्तिगत रुपमा सम्मान कार्यक्रमको आयोजना गर्दै आएको थियो । यसै गरी विगत दुई तिनबर्ष अगाडीदेखि थप युवापुस्ता दिपनारायण श्रेष्ठ, हिमाल श्रेष्ठ, मनोज चाकुबजी, अनिलचन्द्र श्रेष्ठ र डा. धृतराज श्रेष्ठ लगायतको सक्रियतामा गुरु पूजाको अवसरमा गुरुहरुलाई सम्मान गर्दे यस कार्यक्रमलाई निरन्तरता दिर्दै आएकोमा यसपाली गुरु पूजाको अवसरमा दोलखाका गुरुहरुलाई एकठाउँमा भेला गराई गुरु पूजा सम्पन्न गरेका छन् । यस खालको कार्यक्रम दोलखाको ईतिहासमा पहिलो पटक हो । जसले गर्दा आजदेखि दोलखाको ईतिहासमा थप एक धर्का कोर्न यहाँका युवा पुस्ता सफल भएका छन् ।

कार्यक्रममा समापन पश्चात सामूहिक फोटो सेसन
समाजसेवी युवा व्यवसायी राजन श्रेष्ठको संयोजकत्वमा सम्पन्न भएको उक्त गुरुपुजा सम्मान कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुलाई अर्का युवा समाजसेवी डा. धृतराज श्रेष्ठले स्वागत भाषणबाट स्वागत गर्नु भएको थियो ।
दिवंगत गुरुआमा र गुरुबाहरुको सस्मरणमा १ मिनेट मौन धारणको कार्यक्रम राखीएको थियो ।
यसै गरी शुभकामना मन्तव्य दिनेहरुमा समाजसेवी जेष्ठ नागरिक बरिष्ठ ईन्जिनियर आत्माकृष्ण श्रेष्ठ, नेपाल पत्रकार महासंघ जिल्ला शाखा दोलखाका निवर्तमान अध्यक्ष दिपशंकर चौलागाईले आ–आफ्नो तर्फबाट शुभकामना व्यक्त गर्नु भएको छ ।
युवा समाजसेवी अनिलचन्द्र श्रेष्ठ र दिपनारायण श्रेष्ठले संचालन गरिएको उक्त सम्मान कार्यक्रममा आमन्त्रीत अतिथीहरुलाई मायाको चिन्ह प्रदान गरि सम्मान गरिएको छ । उक्त कार्यक्रममा गुरुआमा, गुरुबाहरुलाई खाता, सगुन, दोसल्ला र सम्मान पत्र प्रदान गर्नको लागि द्वाल्खा म्यासमुचा खलककाका निबर्तमान अध्यक्ष कलावती श्रेष्ठ, साथीको लाग साथीका सदस्य सविना मास्के (अमी), छिजि द्वाल्खा डोबरका सदस्य कल्पना श्रेष्ठ महर्जन र साथी कल्याणकारीका अध्यक्ष यजुमैया श्रेष्ठको सहभागीता रहेको थियो ।
सम्मान कार्यक्रममा सहभागी जेष्ठ नागरिक आत्माकृष्ण श्रेष्ठ, यज्ञकुमार प्रधान, कृष्ण प्रसाद मास्के र प्रा.डा. हरिदर्शन श्रेष्ठलाई आयोजनको तर्फबाट मनोज चाकुबजी, राजन श्रेष्ठ, हिमाल श्रेष्ठ र दिपनारायण श्रेष्ठबाट मायाको चिनो प्रदान गर्नु भएको थियो ।
आज गुरु पुजा मनाउने अभियानमा दोलखाका युवा पुस्ता दिपनारायण श्रेष्ठ, हिमाल श्रेष्ठ, मनोज चाकुबजी, अनिलचन्द्र श्रेष्ठ र धृतराज श्रेष्ठ लगायतको विशेष सक्रियता रहेको समाजसेवी दिपनारायण श्रेष्ठले बताउनु भयो । यसै गरी दोलखाका २५ भन्दा बढी युवा समाजसेवीहरुले यस कार्यक्रमको लागि विशेष सहयोग गर्नु भएको छ भनी युवा समाजसेवी श्रेष्ठले बताउनु भयो ।
अन्तमा कार्यक्रम सफल बनाई दिनु हुने सम्पूर्णमा संयोजक राजन श्रेष्ठले आभार व्यक्त गर्नु हुर्दै कार्यक्रम समापन संगै ग्रुप फोटो लिईएको थियो । उक्त कार्यक्रममा रात्री भोजको पनी व्यवस्थापन गरिएको थियो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij