Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

दोलखा भीमेश्वर मन्दिर परिसरको गमला हटाईयो

दोलखा भीमेश्वर मन्दिर परिसरको गमला हटाईयो

नेपाल सम्वत् ११४५, दिल्लाथ्वः पञ्चमी, (२६ अषाढ, २०८२, १० जुलाई, २०२५) बिहीबार, बाँपीझ्याला । नेपालको धार्मीक पर्यटकिय गन्तव्य प्राचिन शहर दोलखा भीमेश्वर मन्दिर परिसरमा केही दिनअघि राखिएको गमला हटाईएको छ । भीमेश्वरको परिसर भित्र सजाईएर राखीएको गमलाको बारेमा सार्वजनिक आलोचनाको विषय बनेपछि दोलखा भीमेश्वर गुठि व्यवस्थापन समितिले उक्त गमला हटाएको छ । बाँपिझ्याला डटकम लगाएत सामाजिक सञ्जाल हुँदै सर्वसाधारण, स्थानीय सचेत समुदाय र श्रद्धालुहरूले मन्दिर परिसरको सौन्दर्य, पवित्रता र सांस्कृतिक भावनामा ठेस पु¥याउने गरी राखिएको गमलाप्रति आपत्ति जनाएको थिए ।

सार्वजनिक चासोपछि गुठि व्यवस्थापन समितिले उक्त गमला हटाउने निर्णय गरेसँगै तत्काल कार्यान्वयन गर्दै गमला हटाइएको हो। गमला राखेको विषयमा विमति जनाउदै सामाजिक सन्जालमा आक्रोस पोखेका स्थानिय नरेन्द्र श्रेष्ठलाई गमला हटाउने समितिको निर्णय कस्तो लाग्यो भन्ने जिज्ञासा राख्दा श्रेष्ठ बताउनु हुन्छ, समितिले यस घटनालाई आलोचना नभएर सुझावको रूपमा लिनु पर्ने  र आगामी दिनमा मन्दिर परिसरभित्र गरिने कुनै पनि संरचनात्मक परिवर्तन वा सजावटमा स्थानीय समुदाय, सरोकारवाला निकाय र प्राविधिक सुझाव अनुसार अगाडि बढ्नुपर्ने बताउनु हुन्छ यसो हुदा आफैले निर्णय गरेका निर्णयहरु फिर्ता गर्नुपर्ने हुदैन ।

यस प्रकरणले धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षणमा स्थानीय नागरिकको भूमिका र सचेतता कत्तिको महत्वपूर्ण छ भन्ने कुरालाई फेरि एकपटक उजागर गरेको छ। यस  अघि मन्दिरको समितिले एकलौटि निर्णय गरेका अधिकाश निर्णयहरु विवाद हुने गरेका छन् ।  गेट, फलामको बार, परिसर, पुजा घर, छाना र ढोकाजस्ता अन्य संरचनामा पनि सौन्दर्य, परम्परा र मर्म अनुसार पुनर्विचार गर्नुपर्ने आवाजहरू अहिले पनि उठिरहेका छन्। यसको लागि भीमेश्वर गुठी व्यवस्थापन समितीले पुनर्विचार गरीयोस् भन्ने हाम्रो आग्रह छ, नकी बिरोध ।

स्मरणीय रहोस
मन्दिर भनेको केवल ढुंगाको संरचना होइन, यो आस्था, संस्कृति र पहिचानको केन्द्र हो। त्यसैले मन्दिर परिसरको संरचना, रंगरोगन वा सजावट कुनै व्यक्तिको रुचिको विषय मात्र होइन – यो सामूहिक चेत, परम्परा र धर्मभावनाको प्रतिनिधि हो।

हाम्रो आग्रह  र विश्वास छ – भविष्यमा यस किसिमका निर्णयहरूमा स्थानीय समुदाय, संस्कृतिविद् र जनप्रतिनिधिहरूसँग परामर्श अनिवार्य गरियोस् र दोलखा भीमेश्वर प्रति धार्मिक आस्था राख्ने सम्पुर्ण आस्थावानहरुको आवाजहरुलाई सम्बोधन गर्दै दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिती अगाडी बढ्ने छ भन्ने हामीले आशा अनी विश्वास लिएका छौं ।


अजय प्रधान, दोलखा ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार