Oct 11 2026 | २०८३, आश्विन २५ गते

Oct 11 2026 | २०८३, आश्विन २५ गते

सामाजिक कथामा आधारीत नेपाली चलचित्र “यो मन त मेरो नेपाली हो” शुक्रबारदेखि प्रदर्शनमा

सामाजिक कथामा आधारीत नेपाली चलचित्र “यो मन त मेरो नेपाली हो” शुक्रबारदेखि प्रदर्शनमा

सामाजिक कथामा आधारीत नेपाली चलचित्र “यो मन त मेरो नेपाली हो” शुक्रबारदेखि प्रदर्शनमा

नेपाल सम्वत् ११४५, दिल्लाथ्वः चर्तुदशी, (२५ अषाढ, २०८२, ९ जुलाई, २०२५) बुधबार, बाँपीझ्याला ।   असार लागेसँगै हलमा कुनै नयाँ नेपाली फिल्म रिलिज भएको छैन। यो साता भने एउटा नेपाली फिल्मले प्रदर्शन थाल्दैछ। 

सामाजिक कथामा बनेको फिल्म 'यो मन त मेरो नेपाली हो' शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको हो। मल्टिप्लेक्स हलहरूले यो फिल्मका लागि शो तालिका तय गर्दै अग्रिम टिकट बुकिङ समेत खुलाइसकेका छन्। 

नर प्रधान (मित्र) को कथा तथा निर्देशनमा बनेको फिल्ममा विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ, रोशन श्रेष्ठ, आयुषा समाल, विजिता परियारलगायत कलाकारहरूको अभिनय छ।

'यो मन त मेरो नेपाली हो' ले अन्य देशहरूमा बसोबास गर्ने नेपालीहरूले आफ्नो देशप्रतिको प्रेमको कथा भन्छन्। आफ्नो संस्कृति र मातृभाषा जोगाउन पात्रहरूले गर्ने प्रयासको कथा यसमा देखाइएको छ।

शिवम अधिकारीको पटकथा तथा संवाद रहेको फिल्मको निर्माता ज्ञान बहादुर प्रधान हुन्। 

मल्टिप्लेस हलहरूले यो फिल्मलाई शो भने न्यून दिएका छन्।

फिल्मको ट्रेलर

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार