नेपाल सम्वत् ११४५, दिल्लाथ्वः ११, एकादशी (२२ अषाढ, २०८२, ६ जुलाई, २०२५) आईतबार, बाँपीझ्याला । विद्यालय शिक्षा विधेयक पारित गर्ने उद्देश्यले बोलाइएको संसदीय समितिको बैठक स्थगित भएको छ । आइतबार बसेको समिति बैठक स्थगित भएको हो ।
विधेयकमाथि अन्तिम निर्णय लिन बसेको बैठकमा शिक्षकहरूले आवधिक बढुवा लगायतका विषयमा राखेको असहमतिलाई सम्बोधन गर्न बाँकी रहेको भन्दै सरकारको तर्फबाट मन्त्री पन्तले थप समय मागेका थिए। सरकारले नै थप समय मागेपछि विधेयकमाथि सहमति जुट्न नसकेको हो ।
सभापति थापाले जेठ ४ गतेदेखि सरकारले समय माग गर्दै मात्रै आएको बताए । ’सरकारले माननीय ज्यूहरूलाइ खेलौना मात्रै बनाइएको छ। आज घर गएका सांसदहरूलाई समेत बोलाएको थिए । आज पास भएन भने टिकटको पैसा म दिन्छु भनेर बोलाएको थिए। अब कति गतेभित्र सहमति गर्ने हो। सो कुरा भनेर बैठक आज नै तोक्छु,' सभापति थापाले भने ।
शिक्षामन्त्री पन्तले बैठकमा बोल्दै सहमतिका लागि थप समय चाहिएको भन्दै समय माग गरे। '६०/४० मा शिक्षकहरुले सहमति जनाएका छन् । कुनै पनि विधेयक टुङ्ग्याउनु अघि त्यसले मुलुकमा पार्ने प्रभावको बारेमा सोच्नु पर्ने हुन्छ । सबै कुरा सर्वसम्मत रूपमा अघि बढेको छ,' मन्त्री पन्तले भने, 'फरक मत कसैले पनि नराखाेउन् भन्ने हाम्रो कुरा हो । सत्ता गठबन्धनमा छलफल गर्नुपर्ने हो कि भन्ने लागेको छ । टुङ्ग्याउने भनिएकै हो । प्रयत्न जारी नै रहेछ । केही समय चाहिने भयो । टुङ्ग्याउन अलिकति समय चाहियो ।'
सभापति थापाले अबको पाच दिनभित्रमा सहमति गरेर आउन शिक्षामन्त्रीलाई भनेका छन्। मन्त्री पन्तले पाँच दिन भनेर समय नतोक्न आग्रह गरे। तर, सभापति थापाले पाँच दिनभित्रमा सहमति गरेर आउन भने ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij