Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

बलिउडकी सुपरस्टार दीपिका प्रतिष्ठित ‘हलिउड वाक अफ फेम’ सूचीमा

बलिउडकी सुपरस्टार दीपिका प्रतिष्ठित ‘हलिउड वाक अफ फेम’ सूचीमा

नेपाल सम्वत् ११४५, दिल्लाथ्वः ८, अष्टमी, (१९ अषाढ, २०८२, ३ जुलाई, २०२५) बिहीबार, बाँपीझ्याला । बलिउडकी सुपरस्टार दीपिका पादुकोणको नाम प्रतिष्ठित ‘हलिउड वाक अफ फेम’ सूचीमा समावेश भएको छ। सन् २०२६ का लागि सार्वजनिक गरिएको सूचीमा उनी ‘मोशन पिक्चर्स’ श्रेणी अन्तर्गत चयन हुने पहिलो भारतीय कलाकार बनेकी छिन् । आमा बनेको केही समयमै अन्तर्राष्ट्रिय स्तरको यो सम्मान प्राप्त गरेकी दीपिकाको उपलब्धिलाई भारतीय मनोरञ्जन उद्योगका लागि ऐतिहासिक मानिएको छ।

अमेरिकाको लस एन्जलसस्थित हलिउड बुलेवार्डमा रहेका तारा चिह्नहरूले सजिने ‘वाक अफ फेम’ मा यसपाली दीपिकासहित ३५ अन्तर्राष्ट्रिय कलाकारहरूको नाम सार्वजनिक गरिएको हो । उक्त सूचीमा टिमोथी चालमेट, डेमी मूर, राशेल म्याकएड्म्स र रामी मालेकजस्ता विश्वप्रसिद्ध कलाकारहरू पनि छन्।

दीपिकाले यसअघि पनि अन्तर्राष्ट्रिय पहिचान स्थापित गरिसकेकी छिन् । सन् २०१८ मा अमेरिकी पत्रिका टाइमले उनलाई विश्वका १०० प्रभावशाली व्यक्तित्वहरूमध्ये एकको रूपमा छनोट गरेको थियो । त्यसपछि उनले टाइम १०० इम्प्याक्ट पुरस्कार प्राप्त गरेकी थिइन् । त्यस्तै, सन् २०२२ को फिफा विश्वकपको फाइनल खेलमा उनले विजेता ट्रफी सार्वजनिक गर्ने अवसरसमेत पाएकी थिइन् ।

बलिउडमा सफल करियर बनाइसकेकी दीपिकाले हलिउडमा पनि आफूलाई प्रमाणित गरिसकेकी छिन् ।  अमेरिकी अभिनेता विन डिजेलसँग अभिनय गरेको चलचित्र ‘त्रिपल एक्स: रिटर्न अफ जेंडर केज’ मार्फत उनले हलिउडमा प्रवेश गरेकी थिइन् । अहिले ‘हलिउड वाक अफ फेम’ को सूचीमा नाम समावेश भएपछि उनले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो छवि अझ बलियो बनाएकी छिन्।

फेशन क्षेत्रमा समेत सक्रिय रहँदै दीपिका हाल लुई विटोन र कार्टियरजस्ता लक्जरी ब्रान्डहरूकी अन्तर्राष्ट्रिय ब्रान्ड एम्बेसेडर समेत हुन् । बलिउडका समकालीन कलाकारहरू आलिया भट्ट, कियारा आडवाणी, रश्मिका मन्दना मात्र नभई प्रियंका चोपडाजस्ता स्थापित अन्तर्राष्ट्रिय अभिनेत्रीहरूलाई समेत पछि पार्दै दीपिकाले नयाँ उचाइ हासिल गरेकी छिन्।

हाल उनी बलिउड निर्देशक एटलीसँगको फिल्मसहित आफ्नै प्रोडक्सन हाउसमार्फत विभिन्न परियोजनामा संलग्न छिन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार