Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

दोलखा जिल्ला एसईईः जिरी नगरपालिका उत्कृष्ठ

दोलखा जिल्ला एसईईः जिरी नगरपालिका उत्कृष्ठ

नेपाल सम्वत् ११४५, दिल्लाथ्वः ७, सप्तमी, (१८ अषाढ, २०८२, २ जुलाई, २०२५) बुधबार, बाँपीझ्याला, दोलखा । यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा दोलखाको जिरी नगरपालिकाका परिक्षार्थीले उत्कृष्ठ नतिजा ल्याएका छन् । यसरी परिक्षामा सम्मीलीत परिक्षार्थीहरु मध्ये प्रथम, द्धितिय र तृतिय स्थान जिरी नगरपालिकाका बिद्यार्थीले हात पार्न सफल भएका छन् । 

यसरी उत्कृष्ठ हुन सफल भएका जिरीस्थित सहिद स्मृति आवासीय माविका छात्र सुरज केसी ३.९५ प्रतिशत जिपिए सहित उर्तिण भएर जिल्ला प्रथम हुन सफल भएका छन् । केसीले ल्याएको जिपिए दोलखा जिल्लाकै उत्कृष्ठ रहेको छ ।

शहिद तथा वेपत्ता परिवार, विपदमा अभिभावक गुमाएका तथा लोपोन्मुख समुदायका बालबालिका अध्ययन गर्ने सहिद स्मृति मा.वि.का छात्रले जिल्लाकै सर्वोत्कृष्ठ अङ्क ल्याएर पहिलो रेकर्ड कायम गर्दे ईतिहासको पानामा एक धर्का कोरिएको छ । शहिद स्मृतिका १२ जना परिक्षार्थीले ‘ए प्लस’ ल्याएर नयाँ रेकर्ड बनाएका छन् । 

शहिद स्मृतिका प्रधानाध्यापक केन्द्रज्योती खड्काले बिद्यार्थीको मेहनत र सामूहिक प्रतिवद्धताले उत्साहपूर्ण नतिजा हात पारेको भन्दै आगामी दिनमा अझ राम्रो नतिजा ल्याउने गरी तयारीमा जुट्ने समेत उहाँले बताउनु भयो ।

यस्तै गरी जिरी नगरपालिकामा रहेको निजी बिद्यालय जेम एकेडेमीका छात्र ऋषि शाहले ३.९३ प्रतिशत जिपिए ल्याएर दोस्रो हासिल गर्न सफल भएका छन् । जनकपुर स्थायी घर भएका शाह जागिरको सिलसिलामा जिरी आएका बुबासँगै बसेर जेम एकेडेमीमा अध्ययन गर्दै एसईई परीक्षामा सहभागी भएका थिए ।

एसईई परीक्षामा जिल्लाको तेस्रो स्थान जिरीकै सरस्वती सामुदायिक बिद्यालय र भीमेश्वर नगरपालिकाको आँकुरा बोर्डिङ स्कूलले हात पारेको छन् । सरस्वती सामुदायिक बिद्यालयका केशव प्रसाद न्यौपाने र आँकुरा बोर्डिङका स्निग्ध बस्नेतले बराबरी अर्थात ३.९० जिपिए ल्याएका हुन् ।

तामाकोशी गाउँपालिकास्थित खिम्ती प्रोजेक्ट स्कुलका दुई विद्यार्थीले समान ३.८६ जिपिए प्राप्त गर्दै चौथो स्थान हाँसिल गर्न सफल भएका छन् । खिम्ती प्रोजेक्ट स्कुलका युवराज श्रेष्ठ र तारा तामाङले समान अङ्क ३.८६ जिपिए प्राप्त गरेका छन् ।

सामुदायिक बिद्यालयतर्फ सौगात र पुनम प्रथम स्थानमा ः
दोलखाको ८४ वटा सामुदायिक बिद्यालयका बिद्यार्थी एसईई परीक्षामा सहभागी भएकोमा सामुदायिक बिद्यालयतर्फ जिरी माविका सौगात जिरेल र हनुमन्तेस्वरकी पुनम भट्टराईले ३.८४ जिपिए ल्याएर प्रथम स्थान हासिल गरेका छन् । सौगात सामुदायिक बिद्यालयहरुमा छात्रतर्फ प्रथम र पुनम छात्रातर्फ प्रथम भएका छन् ।

यसै गरी जिरी माविकी मिना जिरेल र हनुमन्तेस्वरका बिनन दहालले पनि उत्कृष्ठ अङ्क ल्याएका छन् । उनीहरुले समान ३.८० जिपिए ल्याएका छन् ।

यसरी यस वर्षको एसईई नतिजामा जिरी नगरपालिकाका बिद्यालयहरुले निकै राम्रो नतिजा ल्याउन सफल भएको देखिन्छ । दोलखा जिल्ला प्रथम, द्धितिय र तृतिय स्थान जिरीको कव्जामा पुगेको छ । जिरी नगरवाट २ सय ६ जना परिक्षार्थीले परीक्षा दिएकोमा १ सय २७ जना ग्रेडेड भएका छन् । ती मध्ये २८ जनाको ए प्लस, ४७ जनाको ए, ४१ जनाको बि प्लस र ११ जनाको बि ग्रेड आएको छ । ७९ जना बिद्यार्थी मात्रै नन् ग्रेडेड भएका छन् ।

जिरी माविको औसत जिपिए बढी
जिरीको सवैभन्दा पुरानो सामुदायिक बिद्यालय जिरी माविले शतप्रतिशत बिद्यार्थी उर्तिण गराउन सफल भएको छ । जिरी माविको औसत जिपिए ३.३ प्रतिशत रहेको र अनुर्तिण अर्थात ननग्रेडेडको संख्या शुन्य रहेको प्रधानाध्यापक कुमार जिरेलले जानकारी दिनुभयो । उहाँका अनुसार जिरी माविको उर्तिण दर जिल्लाभरका सामुदायिक बिद्यालय मध्ये सवैभन्दा बढी हो ।

जिरी माविवाट ३९ जना परिक्षार्थी एसईईमा सहभागी भएकोमा ६ जनाले ए प्लस, १७ जनाले ए, १४ जनाले बि प्लस र २ जनाले बि ग्रेड ल्याएका छन् । जिरीवाट ६ सामुदायिक, २ गुठि र १ निजी क्षेत्रले संचालन गरेका बिद्यालय सहित ९ वटा बिद्यालयका बिद्यार्थी परीक्षामा सहभागी भएका थिए ।

दोलखाको नतिजामा सुधार
राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार राति सार्वजनिक गरेको नतिजा अनुसार दोलखामा ५४ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका हुन् । यो संख्या गत वर्षको भन्दा १९ प्रतिशत बढी रहेको जिल्ला शिक्षा समन्वय इकाई दोलखाका प्रमुख भरत भट्टराईले बताउनु भयो ।

गत वर्ष दोलखाका ३५.०५ प्रतिशत विद्यार्थी मात्रै उत्तिर्ण र ६५ प्रतिशत विद्यार्थी ननग्रेडेड भएका थिए । तर, यो वर्ष उर्तिण दर बढेर ५४.८ प्रतिशत पुगेको छ । दोलखाका ८४ वटा सामुदायिक बिद्यालय, १२ वटा संस्थागत र १ वटा खुला बिद्यालयका २ हजार ८ सय ३२ परिक्षार्थी एसईई परीक्षमा सहभागी भएका थिए । सम्पूर्ण विद्यार्थीहरुको उज्वल भविष्यको कामना गर्दछौं । 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार