नेपाल सम्वत् ११४५, दिल्लाथ्वः१, प्रतिपदा, (१२ अषाढ, २०८२, २६ जुन, २०२५) बिहिबार, बाँपीझ्याला । परिक्षा बोर्डको परीक्षा क्यालेन्डर अनुसार असार ७ भित्रै प्रकाशित गर्नु पर्ने नतिजा अझै १० दिनजति ढिलो हुने जनाएको छ।
नतिजा प्रशोधनको विषय प्राविधिक पक्ष भएकाले धेरै हतारो गर्ने भन्ने हुँदैन। ८ देखि १० दिन ढिलो हुने देखिन्छ, बोर्ड अध्यक्ष महाश्रम शर्मा भन्छन्। अबको एक सातामा नतिजा सार्वजनिक हुनसक्छ।
बोर्डकै कक्षा १० तर्फका परीक्षा नियन्त्रक गणेश भट्टराई शिक्षक आन्दोलनका कारण बोर्डको तालिका ३२ दिन पर सरेको भन्दै ढिलोमा असार अन्तिम सातासम्ममा नतिजा सार्वजनिक हुने आफूहरूको आशा रहेको बताउँछन्।
तीन महिनाअघि भएको कक्षा १० को यस परीक्षामा अघिल्लो वर्षभन्दा करिब ५० हजार थप, ५ लाख १४ हजारभन्दा धेरै विद्यार्थी सहभागी थिए।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij