Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

कृषि तथा उद्यमी कर्जा प्रवाहका लागि लुम्बिनी प्रदेश स्तरीय गोष्ठी

कृषि तथा उद्यमी कर्जा प्रवाहका लागि लुम्बिनी प्रदेश स्तरीय गोष्ठी

नेपाल सम्वत् ११४५, तछलागाः ७, सप्तमी (४ अषाढ, २०८२, १८ जुन, २०२५) बुधबार, बाँपीझ्याला । कृषि उत्पादन बृद्धिका लागि साना किसानहरुको पहुँच बैंक सम्म पु¥याउँर्दै लगानीलाई सरल र सहज बनाउन लुम्वीनी प्रदेश स्तरीय गोष्ठीको आयोजना गरिएको छ । यसमा सहभागीहरुले उक्त कार्यक्रमका जोड दिएका छन । उनीहरुले सबैले अभियान नै चलाएर कृषकको पहुँच बृद्धि गर्नु पर्नेमा जोड दिने बताएका छन् ।


हेफर ईन्टरनेशनल नेपालको आयोजनामा बुटवलमा आयोजित कार्यक्रममा उपस्थित बैंक तथा वित्तिय संस्थाका प्रमुख, बीमा कम्पनीका प्रमुख र सहकारीका पदाधिकारीहरुले कृषि तथा उद्यमी कर्जा प्रवाहका विषयमा जोड दिएका हुन । 

यसरी उक्त गोष्ठीबाट सरल र सहज लगानीबाट कृषि उत्पादन बृद्धि गर्न सकिने निश्कर्ष निकालिएको छ । लुम्बिनी प्रदेशमा कृषि उत्पादन बृद्धिका लागि लगानी बढाउन र लगानीको सही सदुपयोग गर्न सरोकारवालाहरुले प्रतिवद्धता समेत जनाएका छन । 

कार्यक्रमका प्रमुख अतिथी कृषि विकास बैंक लिमिटेडका लुम्बिनी प्रदेश निर्देशक नवराज न्यौपानेले कृषकहरुको उत्पादन परिमाण र गुणस्तर बृद्धि गर्दै बजारीकरणमा जोड दिनका लागि बैंकहरुको लगानी कृषक मैत्री हुनु पर्ने बताउनु भयो । साना किसानहरुको पहुँच बैंक सम्म पु¥याउन चुनौति भएकोमा बैंक साथी परिचानको अवधारणाबाट हेफरले गरेको सहजीकरण प्रभावकारी हुने वताउनु भयो । 


साना किसान र सहकारीहरुलाई लक्षित गरी ६ प्रतिशत व्याज दरमा ऋण प्रवाह गर्न भिटा परियोजना शुरुवात गरिएको र परियोजना मार्फत हेफरको कार्यक्षेत्र तथा लुम्बिनी प्रदेशका अन्य सम्भावित क्षेत्रहरुमा पनि वित्तिय साक्षरता कार्यक्रम र व्यवसायिक बैठकमा सहयोग र सहजीकरण गरिएको भन्दै  धितोको मापदण्ड पुर्याई ऋण माग गर्ने सहकारीलाई यथासक्य छिटो ऋण प्रवाह गरिने प्रमुख न्यौपानेले वताउनुभयो । 

प्रभु बैंक लिमिटेडका प्रदेश प्रबन्धक स्मृति श्रेष्ठले प्रक्रिया पुरा गरी आएका कृषकहरुलाई प्राथमिकतामा राखी ऋण प्रवाह गरिएको वताउनुभयो ।
राष्ट्रिय सहकारी बैंक बुटवल शाखा प्रमुख संगिता धितालले हेफरसँगको सहकार्यमा सामाजिक उद्यमी महिला सहकारीहरुमा विना घितो ऋण लगानी गरेको जानकारी गराउदै सहकारीहरुको क्षमता विकासमा जोड दिदै, कृषि तथा पशु बीमालाई प्रभावकारी रुपमा सञ्चालन गर्नु पर्ने र सहकारीहरुको डकुमेन्टसनमा विशेष ध्यान दिनुपर्ने वताउनु भयो ।

हेफर ईन्टरनेशन नेपालका बरिष्ठ कार्यक्रम प्रबन्धक प्रेम कुमार साम्ब्युले सहकारीको क्षमता विकास तथा लगानीको वातावरण निर्माण गर्नका लागि हेफरले सहयोग र सहजीकरण गर्दै आएको उल्लेख गर्दै, हेफरको सहजीकरण सहयोगमा १७ वटा बैंकहरुसँग समन्वय गरी नेपाल भर २ अर्व ४० करोड ६२ लाख ७६ हजार ४ सय ८ रुपैया ११ हजार ६ सय ९५ जनालाई लगानी गरिएको बताउनुभयो । 

साथै हेफर बुटवल क्षेत्रिय कार्यालय अन्तरगत १६ वटा बैंक तथा वित्तिय संस्थाहरुसँग समन्वय गरी ३ सय २१ जना महिला तथा युवा उद्यमी र २९ वटा सहकारीमा ४० करोड ७७ लाख ०८ हजार रुपैया लगानी गरिएको वताउनु भयो । बुटवल क्षेत्रिय कार्यालय अन्तरगत पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, रुपन्देही र स्याङ्जा जिल्लाका १२ वटा स्थानीय तह र ८१ वटा सहकारीमा कार्यक्रम सञ्चालन भएको वताउनु भयो । 

कार्यक्रममा एभरेष्ट बैंक लिमिटेड बुटवलका प्रबन्धक प्रभात रमण उप्रेती, प्रभु बैंक लिमिटेड तानसेन शाखा प्रबन्धक नगेन्द्र रत्न कोईराला, रानीबास गुल्मी शाखा प्रबन्धक नविन बस्याल, राष्ट्रिय सहकारी बैंक लिमिटेड तिलोत्तमा शाखा प्रमुख रविन गौतम, भैरहवा शाखा प्रमुख ऋषिकेश ज्ञवाली, सिद्धार्थ ईन्स्योरेन्स कम्पनी पाल्पाका प्रमुख गणेश पन्थी, ख्क्ष्त्ब् परियोजनाका लुम्बिनी प्रदेशका फोकल पर्शन बालकृष्ण अर्याल, सप्लाई चेन अधिकृत रुपेश न्यौपाने, निशा न्यौपाने, सेवा नेपालका केन्द्रिय सदस्य शारदा रायमाझी, लुम्बिनी प्रदेश सहसचिव तुल्सी थापा, मिलनसार सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष कमला भण्डारी, मुहान सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष लिला अधिकारी, गंगाजल कृषि तथा पशु विकास महिला सहकारी संस्थाकी अध्यक्ष सिमा सिंजापति, बैक साथी सुनौला के.सीले बैंक मार्फत हुने लगानी प्रकृया, धितो मुल्यांकन, बैंक साथी परिचालन, बीमा, वित्तिय साक्षरता र व्यवसायिक बैठक लगायतका विषयमा छलफल गर्नु भएको थियो । 

हेफर ईन्टरनेशन नेपालको सहजीकरणमा गरिएको लगानीको अवस्था, अवसर र चुनौतिको विषयमा हेफर ईन्टरनेशन नेपालका वित्तिय अधिकृत नागेन्द्र भट्टले प्रस्तुत गर्नु भएको थियो । बुटवलमा आयोजित कार्यक्रमको सहजीकरण हेफर ईन्टरनेशनल नेपालका बरिष्ठ कार्यक्रम अधिकृत विष्णु पाण्डेले गर्नु भएको थियो ।  

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार