नेपाल सम्वत् ११४५, तछलाथ्वः ८, अष्ठमी (२० जेठ, २०८२, ३ जुन, २०२५) मंगलबार, बाँपीझ्याला । करिब दुई वर्षदेखि आन्द्राको क्यान्सरबाट पीडित लोकप्रिय हास्य कलाकार घनश्याम गौतमको निधन भएको छ । ‘नक्कली प्रचण्ड’ उपनामले दर्शकमाझ लोकप्रिय कलाकार गौतमको गए राति १२ः१० बजेको उपचारकै क्रममा भक्तपुरको ताथलीस्थित काठमाडौँ क्यान्सर सेन्टरमा निधन भएको उनको परिवारले जनाएको छ ।
कलाकार गौतमको फेसबुक एकाउन्टबाट मंगलवार राति १ः०५ बजेको समयमा कलाकार गौतमको एउटा तस्बिरसहितको पोस्टमा भनिएको छ, ‘अब हामी माझ रहनु भएन ! हार्दिक श्रद्धाञ्जली ।’
कलाकार गौतमको निधनले नेपाली हास्य कलाकारिता क्षेत्रले एउटा प्रतिभाशाली कलाकार गुमाएको छ । कम उमेरमै यो संसारबाट बिदा भएका यी लोकप्रिय कलाकारले विभिन्न हास्य शृङ्खला, गाईजात्रा कार्यक्रम तथा स्टेज कार्यक्रमहरूमार्फत आफ्ना कलाकारितालाई जारी राखेका थिए ।
दुई वर्षअघि पेटको क्यान्सर पुष्टि भएपछि भक्तपुर क्यान्सर अस्पतालमा लामो समय उपचार गरे पनि निको नभएपछि उनी भारतको नयाँ दिल्लीसमेत पुगेका थिए । उक्त उपचारपछि थप उपचारका लागि काठमाडौँ फर्किएका कलाकार गौतमको स्वास्थ्यमा सुधार आएपछि केही मनोरञ्जनात्मक गतिविधिहरूमा समेत सहभागी भएका थिए ।
अघिल्लो वर्षको तिहारमा देउसी भैला गीत सार्वजनिक गर्न सफल भएका यी कलाकारको पुनः स्वास्थ्यमा समस्या आएपछि करिब डेढ महिनाअघि उपचारका लागि सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा भर्ना भएका थिए ।
केएमसी अस्पतालमा उपचारकै क्रममा स्वास्थ्य अवस्था थप जटिल भएपछि केही दिनअघि उनलाई परिवारले थप उपचारका लागि ताथलीस्थित काठमाडौँ क्यान्सर सेन्टरमा भर्ना गरेको थियो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij