Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

‘नेपाली चलचित्र समृद्धिको यात्रामा’

‘नेपाली चलचित्र समृद्धिको यात्रामा’

नेपाल सम्वत् ११४५ तछलाथ्वः ५ (जेठ १७, २०८२ ) मे ३१, २०२५ ,शनिबार, बाँपीझ्याला ।अभिनेता राजेश हमालसहित ‘नरसिंहा अवतार’ चलचित्रको टोलीले बाँके जिल्लामा स्थानीय पत्रकारसँग अन्तर्क्रिया गरेको छ । चलचित्र पत्रकार सङ्घ नेपाल बाँके शाखाको आयोजनामा भएको पत्रकार भेटघाटमा नेपाली चलचित्र उद्योगको वर्तमान अवस्था, प्रवृत्ति, सम्भावना र चुनौतीबारे छलफल भएको थियो । त्यस क्रममा अभिनेता हमालले पश्चिम नेपालमा पनि चलचित्र क्षेत्रको बजार अझ फस्टाउँदै गएकोमा खुसी व्यक्त गर्नुभयो ।

नेपाली चलचित्र समृद्धिको यात्रामा रहेको बताउँदै उहाँले अबको आवश्यकता गुणस्तरीय चलचित्र उत्पादन गर्नु रहेको बताउनुभयो । त्यस अवसरमा ‘नरसिंहा अवतार’ चलचित्रको विषयवस्तु, कार्यानुभव र देशभर प्रचारप्रसार गर्ने योजनाबारे कलाकार राज कटुवाल, सनिसा भट्टराई तथा प्रकाश कुँवरलगायतले जानकारी गराउनुभएको थियो । बाँकेका सञ्चारकर्मीले नेपाली चलचित्र क्षेत्रले पश्चिम क्षेत्रमा राम्रो गरिरहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार