
नेपाल सम्वत् ११४५, बछलागाः १२ द्वादशी, (१० जेठ, २०८२, २४ मे, २०२५) शनिवार बाँपीझ्याला । गायक एवं मोडल नरेश खातीले नयाँ सिर्जना बजारमा ल्याएका छन् । दर्शकको मन मुटुमा बस्न सफल सर्जक खातीले आफ्नै युट्युव च्यानल मेक्सम नरेश अफिसियल च्यानलबाट ‘राजा’ बोलको गीत सार्वजनिक गरेका हुन् ।
‘मेरो आफ्नै शान छ, मेरो आफ्नै मान छ, जसले आफ्नो ठान्छ मलाई, यो ज्यान उतै जान्छ’ बोलको लोकगीतमा नेपालका चर्चित नायक एवं मोडल पल शाहले अभिनय गरेका छन् । साथै गरिमा शर्माले पनि गीतमा अभिनय गरेकी छन् ।
काठमाडौंमै छायांकन गरिएको गीतमा बाल कलाकार पनि सहभागीता रहेको छ । बालकलाकारमा प्रिन्स बम, शान अधिकारी, हिमांशु शाही र देश्मा देवकोटाले अभिनय गरेका छन् । गीतमा नरेश खाती र एलिना चौहानको स्वर रहेको छ । विक्रम चौहानले निर्देशन गरेको म्यूजिक भिडियोमा अन्य धेरै कलाकार सहभागिता रहेको छ । गीतले नेपालको मौलिकतालाई नै झल्काएको छ ।
व्यक्तिमा हुने शान, मान र घमण्डलाई नियन्त्रणमा नराख्दा अर्कोले पनि त्यस्तै व्यवहार गर्छ भन्ने विषयलाई उतार्न खोजिएको छ । चराचर जगतमा सबैको आआफ्नो अस्तित्व हुन्छ कसैलाई पनि कम आँक्ने र व्यहोरा देखाउने कार्य हानिकारक हुने विषयलाई गीतले उजागर गर्न खोजेको छ ।
सानालाई माया र ठूलालाई सम्मान गर्ने समाजको रित भएकोले सबैले त्यो बाटो अंगाल्नुपर्ने गायक खाती बताउँछन् । पछिल्लो समय दर्शकहरु झुम्नका लागि यो गीतले भूमिका खेल्ने उनको दाबी छ ।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij