Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

अक्षय कुमारको कमेडी ड्रामा ओएमजी सफल फिल्म फ्रेंचाइजी मध्ये एकको रूपमा स्थापित

अक्षय कुमारको कमेडी ड्रामा ओएमजी सफल फिल्म फ्रेंचाइजी मध्ये एकको रूपमा स्थापित

नेपाल सम्वत् ११४५, बछलागाः ९ दशमी (७ बैशाख, २०८२, २२ मे, २०२५) बिहीबार, बाँपीझ्याला । बलिउड सुपरस्टार अक्षय कुमारको सामाजिक कमेडी ड्रामा ओएमजी (ओ माई गड)ले आफूलाई भारतको सबैभन्दा सफल फिल्म फ्रेंचाइजी मध्ये एकको रूपमा स्थापित गरिसकेको छ।

यस शृङ्खलामा अहिलेसम्म दुई वटा फिल्म बनिसकेका छन्, जसले महत्त्वपूर्ण सन्देश दिँदै बक्स अफिसमा ठूलो हिट फिल्मको सूचीमा समावेश भइसकेको छ ।

पिंकभिल्लाको पछिल्लो रिपोर्ट अनुसार अक्षय कुमार र निर्देशक अमित राईले ओएमजीः३ का लागि प्रि प्रोडेक्सनको काम सुरु गरिसकेका छन्। राईले ओएमजी को तेस्रो किस्ताको बारेमा छलफल गर्न ‘भूत बगला’ को अन्तिम चरणमा अक्षय कुमारलाई भेट्‌न केरला गएको बताइएको छ।

रिपोर्टका अनुसार अमित राईसँग आगामी फिल्मको लागि धेरै विचारहरूमा रहेका छन् र उनले अक्षय कुमारसँग रहँदा सबै प्लट पोइन्टहरू छलफल गरेका छन् । ‘दुईले सबै विचारहरूमा मन्थन गरे र ओएमजीले लिन सकिने सम्भावित नयाँ मार्गहरूबारे पनि छलफल गरेका छन्। सबैभन्दा मनपर्ने फ्रेन्चाइजी जारी राख्ने र ओएमजीलाई तेस्रो भागमा लैजाने उद्देश्य हो’ रिपोर्टमा भनिएको छ।

निर्माताहरूले आफ्नो काँधमा ठूलो जिम्मेवारी रहेको बुझेका छन्, त्यसैले, उनीहरूलाई ओएमजीः३ को नयाँ प्रक्रियामा जान मञ्जुर भएका छन् । तिनीहरूले छिट्टै स्क्रिप्टमा काम सुरु गर्ने अपेक्षा गरिएको छ र यदि सबै ठीक भयो भने, फिल्म २०२७ को दोस्रो हाफमा थियटरमा लैजानेछन् ।

यसैबीच, अक्षयका धेरै फिल्म रिलिजको तयारी अवस्थामा छन् । उनी अब हाउसफुलः५ मा देखिनेछन्, जुन यो वर्ष जुन ५ मा ठूलो पर्दामा आउने तय भइसकेको भने यसपछि उनीसँग यस वर्ष सेप्टेम्बरमा जोली एलएलबीः ३, भूत बंगला (अप्रिल २०२६) र वेलकमः ३ (२०२६)मा आउँदै छन् ।

उनले यस वर्ष जुन २७ मा रिलिज हुने प्यान इन्डिया चलचित्र ‘कन्नप्पा’ मा पनि केमियो भूमिकामा देखिँदैछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार