
नेपाल सम्वत् ११४५ बछलागाः १० (जेठ ८, २०८२ ) मे २२, २०२५ ,बिहिबार, बाँपीझ्याला ।यशराज फिल्मसको ‘वार २’ यस वर्षको सबैभन्दा प्रतिक्षित बलिउड चलचित्र मध्ये एक हो। यशराज ब्यानरमा बनेको यस चलचित्रमा ऋतिक रोशन फेरि एकपटक र एजेन्ट कबिर धारिवालको भूमिकामा दुश्मनसँग लड्दै गरेको देखिने भएका छन्। तर, उनको यो लडाई यसपटक भने सहज हुनेवाला छैन् किनभने उनको अगाडि साउथका सुपरस्टार जुनियर एनटिआर छन्, जो अयान मुखर्जी निर्देशित फिल्मबाट बलिउडमा डेब्यु गर्दैछन् ।
फिल्ममा कबीरको भूमिका खेलेर ऋतिक रोशनले जुनियर एनटिआरलाई कसरी जित्छन् ? यो त वारः २ रिलिज पछि मात्रै थाहा हुनेछ तर शुल्कको हिसाबले भने बलिउडका रोशनले आरआरआर स्टारलाई निकै नै जितेका छन्। ऋतिकले जुनियर एनटिआरभन्दा झन्डै डबल पारिश्रमिक लिएका छन् । ऋतिक रोशनले केही समयदेखि बलिउडमा पैसा कमाइरहेका छैनन तर पनि उनको पारिश्रमिकमा कुनै कटौती भएको छैन्र किनभने वारको सिक्वेलको सम्पूर्ण भार उनको काँधमा रहेको छ। तसर्थ, रिपोर्टहरू अनुसार निर्माताहरूले अभिनेतालाई उनको माग गरिएको बराबरको रकम दिन पछि हटेका छैनन्, छात्ति फुलाएर ऋतिक माथी पैसा खन्याएका छन् ।

द सियासत डेली डट कमका अनुसार देवाका लागि करिब ६० करोड भारु लिएका जुनियर एनटिआरले आफ्नो बलिउड डेब्यु फिल्मका लागि भने ३० करोड भारु मात्रै लिएका छन जबकी ऋतिक रोशनले यस फिल्मबाट ४८ करोड भारु लिएका छन् ।
त्यसो त जुनिएर एनटिआरको जन्मदिनमा रिलिज भएको वारः २ को टिजरले भ्युको हिसाबले सुस्त सुरुवात गरेको थियो तर अहिले ऋतिक रोशन जुनियर एनटिआरको फिल्मको यो टिजर युट्युबमा ट्रेन्डिङ नम्बर १ मा रहेको छ। पछिल्लो २४ घण्टामा यो टिजरलाई २ करोड १९ लाखभन्दा बढीले हेरेका थिए, जो अहिले पनि लगातार बढिरहेको छ।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij