
नेपाल सम्वत् ११४५, चौलाथ्वः १२, द्वादसी (२७ चैत्र, २०८१, ९ अप्रिल, २०२५) बुधबार, बाँपीझ्याला । नेवार जातीको छाता संगठन नेवाः देय् दवुको केन्द्रिय कार्यालय का.म.न.पा वडा नं. १५ चमतीमा सामूदायिक भवन निर्माधिण रहेको छ ।
काठमाण्डौं महानगरपालीकाको वित्तिय सहयोगमा घर निर्माण कार्य शुरु भएको हो । नेवाः देय् दवुको केन्द्रिय अध्यक्ष पवित्र बज्राचार्यको विशेष सक्रियता र बर्तमान केन्द्रीय पदाधिकारी लगायत वडादेखी केन्द्रसम्मका नेवाः देय् दवुका कुसल सदस्यहरु र शुभचिन्तक नेवार दाजुभाई, दिदीबहीनीहरुको सहभागीता तथा शुभचिन्तक नेपाली दाजुभाई दिदीबहीनीहरुको सहयोगमा जग्गा खरीद सम्पन्न भएको हो भनी दवुका अध्यक्ष पवित्र बज्रचार्यले बताउनु भयो ।

यसरी जग्गा खरीद कार्य सम्पन्न भएपछी काठमाण्डौ महानगपालीकाको उपमेयर सुनिता डंगोलको विशेष सक्रियतामा काठमाण्डौ महानगपालीकाको वित्तिय सहयोगमा भवन निर्माण कार्य शुरु भईरहेको समेत अध्यक्ष बज्रचार्यले बताउनु भयो ।
काठमाण्डौ महानगरपालीकाले चालु आ.ब. २०८१/०८२ मा १ करोड ८५ लाख ९२ हजार १ सय ५० रुपैया ७० पैसा बिनियोजन भएको हो । उक्त सामूदायिक भवन २०८१ फागुण २१ गते सम्झौता भई २०८२ फागुण ३० मा सम्पन्नमा सम्पन्न हुनु पर्ने उल्लेख रहेको छ ।
हाल उक्त भवनको जमिनतल्लाको पिलरहरु उठाउने कार्य भईरहेको छ । जुन कार्यको लागि नेवाः देय् दवुका अध्यक्ष स्वयम आफै खट्नु भएको छ । साथै वहाँ संगसंगै स्वःनिग विशेष प्रदेश केन्द्रिय उपाध्यक्ष उमेश स्थापित र केन्द्रीय सचिव मच्चाराजा महर्जन रहेको छ ।

नेवाः देय् दवुको आठौं केन्द्रिय महाधिवेशन नजिकन्दै गर्दा बर्तमान अध्यक्ष बज्रचार्य आफै खटी उक्त निर्माण कार्यलाई छिटो भन्दा छिटो अगाडी बढाउन लागि पर्नु भएको छ । यसै सन्दर्भमा दवुको आठौं अधिवेशनको कुराकानी गर्दा बर्तमान समयमा आफुले शुरु गरेको भवन निर्माण लगायत अन्य धेरै महत्वपूर्ण कार्यहरु सम्पन्न गर्न बाँकी रहेकोले आठौं महाधिवेशनमा आफु उम्मेदवार बन्ने घोषणा पहिले नै गरिसकेको बताउनु हुनछ ।
यसै सन्र्दभमा अध्यक्ष बज्रचार्यले आफुलाई अध्यक्ष पदमा निर्विरोध चयन गरी बाँकी रहेको कार्य सम्पन्न गर्न सहयोग गर्नु हुन दवुका वडादेखि केन्द्रसम्मका अधिवेशन प्रतिनिधी तथा केन्द्रीय सदस्यहरुलाई आग्रह सहित अनुरोध गर्नु भएको छ । यस कार्यको लागि दवुका संरक्षक र सल्लाहकार र शुभचिन्तक महानुभावहरुलाई विशेष भुमीका निर्वाह गर्न समेत आग्रह गर्नु भएको छ ।
ओ.एस.ईन्जिनियरिङ्ग निर्माण सेवा प्रा.लि.ले निर्माण कार्यको ठेक्का लिई कार्य शुरु गरेका छ ।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij