Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

'होस्टेल-३' शुक्रबारदेखि देशभरका हलमा प्रदर्शनमा

'होस्टेल-३' शुक्रबारदेखि देशभरका हलमा प्रदर्शनमा

नेपाल सम्वत् ११४५, चिल्लाथ्वः ८ अष्टमी, (२३ फागुण, २०८१, ७ मार्च, २०२५) शुक्रवार, बाँपीझ्याला । हिट फिल्म 'होस्टेल' को तेस्रो शृंखला 'होस्टेल-३' शुक्रबारदेखि देशभरका हलमा प्रदर्शनमा आएको छ।

युवा पुस्तालाई लक्षित गरेर निर्माण गरिएको 'होस्टेल-३' ले हलमा उत्साहजनक शो पाएको छ। सशान कँडेलको निर्देशन रहेको फिल्मबाट चर्चित टिकटकरदेखि स्टार किड्ससम्मले फिल्ममा डेब्यु गरेका छन्।

चर्चित टिकटकर कुल ब्वाइ अर्थात पारस बम ठकुरी, सिम्रन पन्तले यसबाट फिल्म करिअर सुरू गरेका छन्। त्यस्तै, चर्चित अभिनेता केदार घिमिरे (माग्नेबुढा)का छोरा आशिष घिमिरेले डेब्यु गरेका छन्।

सोसल मिडियामा चर्चित पदम तामाङ, गायन रियालिटी शोबाट चम्किएका रिहान गिरी, मिस सुप्रानेसनल नेपाल २०२३ समा पराजुलीले 'होस्टेल-३' बाट फिल्म यात्रा सुरू गरेका छन्।

थिएटर कलाकार हेना नगरकोटी पनि फिल्ममा शीर्ष भूमिकामा छिन्। साथमा प्रविण खतिवडा, उमर खान, दिनेश डिसी लगायत कलाकारहरूको यसमा अभिनय छ।

यो फिल्ममा होस्टेलमा बसेर अध्ययन गरिरहेका टिनएजरहरूको कथा समेटिएको छ। फिल्मको कथा माधव शर्माले लेखेका हुन्। निर्माता सुरेश कँडेल, कर्ण कार्की, गोविन्द अधिकारी हुन्। कार्यकारी निर्माताका रूपमा शंकर कोइराला छन्।

यसअघि रिलिज फिल्म 'लाज शरणम', 'फेरि रेशम फिलिली' र 'मायावी' पनि हलमा प्रदर्शनरत छन्।

https://youtu.be/JFAKKZgOg_o

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार