अजय प्रधान
बाँपीझ्याला, दोलखा । दोलखा भीमेश्वरमा २०७७ साल मंसिर ९ गते दिउँसो १ः४३ देखि २ः५४ सम्म पसिना आएको थियो । जिल्ला प्रसाद कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी बद्री तिवारी, भीमेश्वर नगरपालीका वडा नं. २ दोलखाका अध्यक्ष विराजमान श्रेष्ठ, भीमेश्वर मन्दिर पूजा व्यवस्थापन समितीको तर्फबाट अध्यक्ष भरत श्रेष्ठ, कोषाध्यक्ष शुरेस श्रेष्ठ र सल्लाहकार ज्ञानेन्द्र प्रधान सहितको टोली २०७७ मंंसिर १० गते भीमेश्वरको महाप्रसाद लिएर राष्ट्रपतीको कार्यालय शितल निवास पू¥याएको थियो ।
यसरी महाप्रसाद पू¥याई सकेपछी राष्ट्रपतीको कार्यालयबाट क्षमापूजा स्वरुप बलि पठाउने चलन रहेको छ । यसै गरी यो पटकको क्षमापूजा गर्नको लागि यही मंसिर २७ गते विहान ८ः१५ को साईत रहेको र सोही समयमा क्षमापूजा हुदैछ भनी भीमेश्वर नगरपालीकाका वडा नं. २ का वडाध्यक्ष विराजमान श्रेष्ठले जानकारी दिनु भयो ।
कोविड १९ को संक्रमणबाट बचाउने अभिप्रायःले दोलखा जिल्लावासी र जिल्ला भित्र बाहिर बाहिरबाट भगवान भीमेश्वरको दर्शन गर्न आउने महानुभावहरुको सुरक्षालाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा गरेको थियो । त्यस अन्तर्गत दोलखा भीमेश्वरमा पनी नित्यपूजाहरु बाहेक अरु सर्वसाधारणको लागि मन्दिर प्रवेशमा रोक लगाएको थियो ।
तर अव यही २०७७ मंसिर २९ गतेदेखि भीमेश्वर मन्दिरको मुल प्रवेशद्वारमा लगाईएको साँचो खोलीभीत्र प्रवेश गर्न दिई भीमेश्वर भगवानको भक्तजन लगाएत दोलखावासीहरुलाई मुलढोका भन्दा बाहिरबाट प्रत्यक्ष दर्शन गर्न दिने तयारी रहेको समेत वडाध्यक्ष श्रेष्ठले बताउनु भयो ।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij