
नेपाल सम्वत् ११४५ सिल्लागाः ९, (१० फागुण, २०८१, २२ फ्रेवुअरी,ल २०२५) शनिबार, बाँपिझ्याला । फिल्म 'होस्टेल ३' को ट्रेलर रिलिजको केही घण्टामै युट्युब ट्रेन्डिङको शीर्षस्थानमा उक्लिएको छ।
शुक्रबार रिलिज ट्रेलर केही घण्टामै युट्युब ट्रेन्डिङमा मुभिज खण्डतर्फ पहिलो नम्बरमा आएको हो। यसलाई रिलिजको २४ घण्टा नबित्दै १० लाखभन्दा बढीपटक हेरिएको छ।
यो ट्रेलर विश्वका विभिन्न १३ देशहरूमा समेत ट्रेन्ड्रिङमा रहन सफल भएको भन्दै निर्माण टिमले खुसी व्यक्त गरेको छ।
सार्वजनिक ट्रेलरमा कलेज तथा होस्टेल जीवनकोे कथा देखाइएको छ।
सशान कँडेलको कथा तथा निर्देशन रहेको यो फिल्ममा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी र समा पराजुली लगायतको शीर्ष अभिनय छ।
त्यस्तै, प्रवीण खतिवडा, उमर खान, दिनेश डिसी, आशिष पुरूष, सुवास गजुरेल, उत्तम केसी लगायतको अभिनय छ।
'होस्टेल' फिल्म श्रृङखलाले अनमोल केसी, सलोन बस्नेत, स्वस्तिमा खड्का, नाजिर हुसेन जस्ता कलाकारहरूलाई स्टारडम दिएको थियो। 'होस्टेल ३' थुप्रै कलाकारहरूको डेब्यु रहेको र यो फिल्मले उनीहरूलाई पनि स्थापित गर्ने विश्वास निर्माण पक्षले लिएको छ।
यो फिल्मको कथा माधव शर्माले लेखेका हुन् भने निर्माता सुरेश कँडेल, कर्ण कार्की, गोविन्द अधिकारी छन्। सह–निर्मातामा शिशिर ज्ञवाली, अनिश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन्। कार्यकारी निर्माता शंकर कोइराला हुन् भने लाइन प्रोड्यूसर कोसिस राज क्षेत्री रहेका छन्।
फिल्ममा अर्जुन तिवारीको डिओपी, बुद्ध थापा र मनोज खत्रीको छायांकन छ भने सम्पादन विकास दाहालले गरेका छन्।
'होस्टेल ३' यही फागुन २३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij