
नेपाल सम्वत् ११४५ सिल्लाथ्वः ४ ( २० माघ , २०८१) फेब्रुअरी २ , २०२५ , आइतबार, बाँपीझ्याला ।चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा शनिबार राजधानीमा विशेष कार्यक्रमको आयोजना गरियो । काठमाडौँस्थित चिनियाँको तिब्बेतियन बुक सेन्टरको आयोजनामा सम्पन्न सो कार्यव्रmममा नेपाल–चीन द्विपक्षीय सम्बन्धबारे अन्तव्रिर्mयासमेत गरिएको थियो । साथै सोही अवसरमा चीनको स्वशासित क्षेत्र तिब्बतमा भएको पछिल्लो विकासक्रमलाई चित्रमा उतार्ने गरी एकदिने प्रदर्शनीसमेत आयोजना गरियो ।
कार्यक्रममा नेपाल–चीन सांस्कृतिक तथा शिक्षा परिषद्का अध्यक्ष डा. हरिशचन्द्र शाहले नेपाल र चीनबिचको द्विपक्षीय सम्बन्धको आधारस्तम्भ खडा गर्न अरनिको र भृकुटीले महìवपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । यस्तै संस्कृतिविद् गणेशकुमार जिसीले अरनिको नेपालको मात्र नभई एसियाकै विभूति रहेको चर्चा गर्नुभयो । पत्रकार किरण गौतमले नेपालमा तिब्बती भाषामा पत्रिका प्रकाशन गरी दुवै मुलुकका जनतालाई जोड्न आफूले महìवपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो । कार्यक्रममा चिनियाँ तथा नेपाली कलाकारले कला प्रस्तुत गर्नुभएको थियो ।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij