
नेपाल सम्वत् ११४५ प्वहेलाथ्वः ३ ( १८ पुष , २०८१) जनवरी २, २०२५ , बिहिबार, बाँपीझ्याला ।बेजिला फिल्मस् को प्रस्तुतिमा रहेको प्रेमिल गीत ‘सौभाग्य मेरो जीवनको’ सार्वजनिक भएको छ ।गीतमा सुमन केसी र अस्मिता अधिकारीको सुमधुर स्वर सुन्न सकिन्छ । गीतका शब्द किशोर पोखरेलले लेख्नुभएको हो भने संगीत रमेश अन्जन कडरियाको रहेको छ । गीतलाई गायक सुमन केसीले नै संगीत संयोजन गर्नुभएको छ ।

गीतको भिडियोलाई लक्ष्मण पुन लक्सको निर्देशनमा तयार पारिएको हो । सहाएक निर्देशनमा धर्मेन्द्र पुर्जा रहनुभएको छ । भिडियोमा लक्ष्मण पुन लक्स र लक्ष्मी पुर्जा मुख्य भूमिकामा देखिनुभएको छ । भिडियोको छायाँकन गोविन्द बिष्टले गरेका गर्नुभएको हो । भिडियोको सम्पादन र कलर सुधार सुप्रिम पराजुलीले गर्नुभएको छ । जापानको विभिन्न रमणीय ठाउँमा छायाँकन गरिएको यस म्युजिक भिडियोले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ । भिडियो बेजिला फिल्मसको आधिकारिक युट्युब च्यानलमा उपलब्ध छ ।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij