Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

‘बागी ४’ बाट बलिउड डेब्यु गर्दै मिस युनिभर्स हरनाज सन्धु

‘बागी ४’ बाट बलिउड डेब्यु गर्दै मिस युनिभर्स हरनाज सन्धु

नेपाल सम्वत् ११४५, थिलाथ्वः १४ (२९ मंसिर, २०८१, १४ डिसेम्वर, २०२४) शनिवार, बाँपीझ्याला । टाइगर श्राफको प्रतीक्षित बलिउड फिल्म ‘बागी ४’ यतिबेला चर्चामा छ । फिल्मको कास्टिङलाई लिएर नयाँ खबर छ । यसमा सन् २०२१ मा मिस युनिभर्सको ताज जितेकी हरनाज कौर सन्धु पनि देखिने छिन् ।

फिल्मलाई साजिद नाडियाडवालाले निर्माण गर्दैछन् । निर्माताले सामाजिक सञ्जालमा पोस्ट सेयर गर्दै हरनाजको प्रवेशको पुष्टि गरेका छन् । निर्माताले लेखेका छन्, ‘हरनाज कौरलाई मिस युनिभर्सबाट रिबेल युनिभर्समा स्वागत छ ।’ निर्माताले हर्नाजलाई विद्रोही महिलाको रूपमा पनि नाम दिएका छन् ।

हरनाज यसअघि सन् २०२२ मा रिलिज भएको पञ्जाबी फिल्म ‘बाई जी कुटङ्गे’ र २०२३ मा रिलिज भएको ‘याराँ दिन पन बारां’मा देखिएकी थिइन् । ए हर्षको निर्देशनमा बन्ने ‘बागी ४’ मा सोनम बाजवा पनि देखिनेछिन् ।

टाइगर श्राफले हालै सोसल मिडिया प्लाटफर्म इन्स्टाग्राममा सोनम बाजवाको तस्वीर सेयर गरेका छन् । उनले लेखेका छन्, ‘विद्रोही परिवारमा स्वागत छ, बागी ४ मा सोनमको प्रवेशलाई लिएर म निकै उत्साहित छु ।’

त्यसअघि सञ्जय दत्त फिल्ममा जोडिइसकेका छन् । सञ्जय आफैंले सामाजिक सञ्जालमा फिल्मको दोस्रो पोस्टर सेयर गरेका थिए, जहाँ उनी खलनायकको भूमिकामा देखिएका छन् ।

‘बागी’को पहिलो भाग सन् २०१६ मा रिलिज भएको थियो । फिल्ममा टाइगर र अभिनेत्री श्रद्धा कपुर मुख्य भूमिकामा देखिएका थिए । यो फिल्मले त्यतिबेला बक्स अफिसमा राम्रो व्यापार गरेको थियो । त्यसपछि दोस्रो भाग २०१८ मा रिलिज भएको थियो । तेस्रो भाग सन् २०२० मा रिलिज भएको थियो ।

‘बागी ४’ मा टाइगर श्राफ मुख्य कलाकारको भूमिकामा देखिनेछन् । यसबाहेक फिल्ममा जिम्मी शेरगिल पनि मुख्य भूमिकामा देखिनेछन् । यो फिल्म ५ सेप्टेम्बर २०२५ मा हलमा रिलिज हुने जनाइएको छ । मिस युनिभर्स हरनाज सन्धुको प्रवेशको घोषणा भएदेखि नै ‘बागी ४’ गुगलमा ट्रेन्डिङमा छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार