
नेपाल सम्वत् ११४५, थिलाथ्वः ४, प्रतिपक्ष, (२० मंसिर, २०८१, ५ डिसेम्वर, २०२४) विहीवार, बाँपिझ्याला । बलिउड अभिनेत्री तृप्ती डिमरी सन् २०२४ मा भारतीय फिल्मकी सबैभन्दा लोकप्रिय स्टार घोषित भएकी छिन् । विश्व फिल्मको चर्चित डेटाबेस वेब-पोर्टल आइएमडीबीले विहिबार सूची सार्वजनिक गरेको हो ।
डिमरीले शाहरुख खान, दीपिका पादुकोण, आलिया भट्टजस्ता स्टार्सलाई पनि यो दौडमा उछिनेकी छन् । आफूले प्राप्त गरेको यो उपलब्धिको लागि उनले दर्शकलाई धन्यवाद समेत दिएकी छन् ।

आइएमडीबीले यो सूची २५० मिलियन मासिक पेज भिजिटरको आधारमा निर्धारण गरेको जनाएको छ । रणवीर कपुर स्टारर फिल्म ‘एनिमल’बाट चर्चामा आएकी तृप्ती पछिल्लो समय दर्शकमाझ चर्चित छिन् । उनको पछिल्लो फिल्म ‘भुलभुलैया ३’ पनि सुपरहिट भएको छ ।
तृप्तीले आफ्नो करिअरमा साथ दिने दर्शकलाई धन्यवाद दिएकी छन् । ‘‘सूचीमा नम्बर एक हुन पाउनु वास्तवमै ठूलो सम्मान हो । यो मान्यता मेरा फ्यानको अविश्वसनीय समर्थन र मैले सहकार्य गर्ने अवसर पाएको सबैको कडा परिश्रमको प्रमाण हो’ उनले विज्ञप्तिमा भनेकी छन्, ‘यो मेरो लागि स्मरणीय वर्ष भएको छ । म यस प्रेरणादायी उद्योगको हिस्सा बन्ने क्रमलाई निरन्तरता दिन्छु । अब के हुन्छ भनेर पर्खिरहेको छु ।’

यसवर्ष आमाको रूपमा जीवनको नयाँ चरणमा प्रवेश गरेकी अभिनेत्री दीपिका पादुकोण सूचीमा दोस्रो स्थानमा छिन् । उनलाई तेस्रो स्थानमा इशान खट्टरले पछ्याइरहेका छन् । सूचीको चौंथो स्थानमा शाहरुख खान छन् । पाँचौ स्थानमा शोभित धुलिपाला, छैटौंमा सर्वरी, सातौंमा ऐश्वर्या राय, आठौंमा सामान्था, नवौंमा आलिया भट्ट र दशौंमा प्रभास छन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij